२२ असार, काठमाडौं – नाकाबन्दीको समयमा उपत्यका बाहिरबाट ल्याइएको ग्यास उतै फर्काउने तयारी गरिरहनु भएको छ रु यदि यस्तो सोचिरहनु भएको छ भने नफर्काउनुस् । उपत्यकामै यस्ता सिलिन्डर साटिने भएका छन् । नेपाल एलपीजी ग्यास उद्योग संघले उपत्यका बाहिरबाट आएका जुनसुकै सिलिन्डर यहाँ चल्तिमा रहेकासँग साट्ने योजना ल्याउदै छ । साटा अतिरिक्त शूल्क समेत तिर्नुपर्ने छैन ।
‘नाकाबन्दीको समयमा विभिन्न जिल्लाबाट उपत्यकामा ग्यास सिलिण्डर भित्रियो । अहिले सहज भएको अवस्थामा अन्य कम्पनीले सिलिन्डर साट्दैन । कोहीले साटेपनि एक हजार देखि १५ सय रुपैयाँसम्म लिने गरेको उपभोक्ताको गुनासो छ,’ सघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘ती उपभोक्तालाई राहत दिनका लागि सिलिन्डर साट्ने व्यवस्था गर्दे छौं ।’
उनका अनुसार कुनरकुन क्षेत्रबाट सर्वसाधरणले सिलिन्डर साट्नेबारे एक साता भित्र सूचना प्रकाशित गरिने छ । ती सिलिन्डर डिपोर डिलर मार्फत साट्न पाइने छ । ‘सिलिन्डर साट्नेबारे सबै कम्पनीलाई सूचना गरेका छौं,’ उनले भने । संघका अनुसार उपत्यकामा चलनचल्तीमा रहेको सिलिन्डर भने सर्वसाधरणले साट्न पाउँदैनन् ।
संघका अनुसार ५३ वटा उद्योग मध्ये अधिकाश उद्योग उपत्यका लक्षित गरी २६ वटा उद्योग सञ्चालन गर्दे आएका छन । धादिङमा मात्रै १५ वटा ग्यास उद्योग छन् । ती सुगम, सिद्धार्थ, एचपी, एसटिसी, श्री, बाबा, श्रीराम, ओम,गिता, श्रीमाया, तारा, नमस्ते, भानु, त्रिबेणी र श्रीकृष्ण ग्यास हुन् । काभ्रेमा हिमाल, सौर्य, उग्रचण्डी र सागर ग्यास उद्योग छन् । कान्तिपुर दैनिकबाट ।