२१ असार, धादिङ – धादिङको गजुरी गाऊँ विकास समिती वडा नंबर ७ मा रहेको महेन्द्रोदय माध्यामिक विद्यालयका विद्यार्थीहरुले भित्ते बाल पत्रिका प्रकाशन गरेका छन् ।
विद्यालयमा गठित उज्वल बालक्लबका विद्यार्थीहरुको सक्रियता तथा शिक्षकहरुको सहयोगमा भित्ते पत्रिका प्रकाशन गरिएको शिक्षक हरिदाश श्रेष्ठले बताए ।
भित्ते पत्रिकामा विज्ञान, प्रविधि, मनोरञ्जन, सामान्य ज्ञान, साहित्यीक विषयवस्तु समावेश गरिएको छ । भित्तेपत्रिकाले बालबालिकाहरुमा भएको प्रतिभा प्रस्फोटनका साथै पठनपाठनमा सहयोग पु¥याऊने प्रधानाध्यापक शिवराज डल्लाकोटीले बताए ।
बालक्लबका अध्यक्ष अर्पण तामाङको अध्यक्षतामा सम्पन्न पत्रिका उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले कविता, गितका साथै नृत्य पनि प्रस्तुत गरेका थिए । भित्ते पत्रिकाको दोश्रो अंक भदौ १७ गते प्रकाशन गरिने जनाइएको छ ।