Tue. Mar 4th, 2025

काबुल घटनाले सिकाएको पाठ

गोमा थापा – 

goma tahpa

विश्वमा विरताका लागि नेपाली सेनाको छुट्टै नाम छ । भिन्न पहिचान छ । सुरक्षा गार्ड चयन गर्नुपरे विश्वको जतातही नेपालीले नै प्राथमिकता पाउने गर्दछन् । दुईसय वर्ष लगाएर आर्जन गरेको गार्खालीको ब्राण्डको आफ्नै महिमा छ । छुट्टै शान र मान छ । अहिले चर्चा गर्न खोजिरहेको काबुल घटनाको सन्दर्भ हो । त्यस क्षेत्रमा धेरै नेपाली सुरक्षा गार्डको रुपमा कार्यरत छन् । तर विडम्बना सधैँ नियमित काममा गइरहेका नेपाली सुरक्षा गार्ड चढेको मिनिबसमा आत्मघाती बम आक्रमण भयो । बाह्र जना नेपालीले घटनास्थलमा नै ज्यान गुमाए । घटनामा गम्भीर घाइते भएका च्याङबा तामाङको उपचारको क्रममा मृत्यु भयो ।

सुन्दै आङ सिरीङग हुने यस घटनामा १३ नेपालस्ी सपुतले अनाहकमा ज्यानको आहुती दिनुप¥यो । यस दुखत घटनाले मृतकका परिवार माथि त बज्र प्रहार भयो, सिङगो देशबासी समेत त्यसबाट अछुत रहन सकेनन् । देश नै रा¥यो ।

इराकमा भएको घटनाको १२ वर्षपछि काबुल घटना हुन गयो । इराक घटना नबिर्सिदै नेपालीले अर्को दुखद घटना व्यहोर्नु प¥यो । ०६१ साल भदौँ १६ गते इराकमा १२ जना नेपाली कामदारको हत्या गरियो । उक्त घटनापछि सरकारले त्यहाँ जान प्रतिबन्ध लगाए । तर वैधानिक बाटोबाट नेपाली कामदार जान रोकिए पनि अवैध बाटोबाट जाने क्रम भने रोकिएको छैन । अहिले अफगानिस्तान जान रोक लगाउनुपर्छ । भन्ने आवाज चर्को रुपमा उठ्न थालेको छ । घटना सेलाए लगत्तै वैदेशिक रोजगार व्यवसायीको दबाबमा सरकारले त्यस्ता क्षेत्रमा जान खुल्ला गर्ने गर्दछ । खाडी राष्ट्र मलेसियामा आफ्नै देशमा समस्या छ ।

त्यस्तो समस्या र द्धन्द्धग्रस्त ठाँउमा रेमिट्यान्सको लोभले मानत्रै जान सरकारले श्रम स्वीकृति दिनु कति जायज होला त्यो सोचनिय विषय बनेको छ । राम्रो भविष्य र सपना बुनेर नेपाली युवाहरु परदेश पुग्ने गर्दछन् । सुन्दर सपना साँचेर रोजगारीको खोजीमा विदेश पुगेका तिनै नेपाली युवाहरु हरेक सदन बाकसमा बन्द भएर सुरदर दिनको तीन जनाको दरले नेपाली एयरपोर्टमा झर्ने गर्दछन् ।

जोखिम युक्त देशहरुमा जान श्रम स्वीकृति दिनु हुँदैन । त्यस्तै जोखिमयुक्त मुलुकको अलवा राज्यले विकल्पमा नयाँ गन्तव्य नयाँ मुलुकहरु खोजी गर्न सक्नुपर्छ । होइन भने नेपालीहरु राम्रो तलबकै आशमा मानवअधिकार र श्रम ऐन नभएको मुलुकमा पुग्ने गर्दछन् । यो नेपालीको बाध्यता बनेको छ । विदेश जान अघि कुन कामको लागि जान लागिएको हो त्यसैसँग सम्बन्धीत ज्ञान लिनुपर्छ । भाषा र सीप राम्रोसँग लिनुपर्छ ।

राज्यले बैकल्पिक बाटो नदेखाई जान प्रतिबन्ध लगाउँदैमा समस्या रोकिदैन । भारतसँग खुल्ला सिमाना भएकै कारण अहिलेको जस्तो प्रतिबन्ध लगाउदैमा समस्या समाधान हुादैन र भारतको बाटोबाट विदेश जाने क्रम चलिरहन्छ । हामीले अफगानिस्तान, इराक खाडी राष्ट्र र मलेसिया भन्दा बढी सुरक्षित र आम्दानीहुने नयाँ मुलुकहरु खोजी गर्न सक्नुपर्छ । त्यस्तो भयो भने भारतको सिमाना खुल्ला भए पनि फरक पर्दैन ।

नेपाल सरकारले काबुल हमलामा मारिएका १२ जना नेपाली दाजुभाईको पार्थिब शरीर ल्याउन जुन किसिमको प्रशंसनीय कार्य गर्यो यसका लागि सारा नेपाली जनताको तर्फबाट वाहा वाही पाई रहेका छन् । नेपाली जनतालाई देशमा सरकार छ भन्ने आभाष हुँदै छ । यो सरकारले काबुल घटनामा मारीएका नेपाली दाजुभाईहरूको घटनाको बारेमा गम्भिरताको साथ छानबीन गर्नका लागि कुटनिति तवरबाट अफगान सरकारलाई दबाब दिन जरूरी छ साथै मृतकहरूले कार्यरत कम्पनिबाट के कस्तो राहत पाउछन् त्यस बारे पनि कुरा अगाडी बढाउनु पर्दछ । नेपाल सरकारको तर्फबाट मृत्यू भएका मृतकका परिवारलाई राहत स्वरूप १०/१० लाख बितरण गर्ने जानकारी गराएको हुँदा यो पनि राम्रै कार्य हो तर यस पछि भने नेपाल सरकार सामु ठूलै चुनौतिहरू पनि खडा हुँदै छ ।

इराक घटनाबाट हामीले चेत खाएनौ काबुल घटना हुन पुग्यो । यस घटनालाई पनि प्रचारबाजी मात्रै ग¥यो भने देशले फेरी अर्को दुखत घटनाको सामना गर्नुपर्ने अवस्था आउँदछ । त्यसैले सरकार रसरोकारवाला सबैंले काबुल घटनाबारे राम्रो पाठ सिक्न सक्नु पर्दछ ।

About The Author