Tue. Nov 26th, 2024

दरमखोला ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु

hydropower-e1449216376296१७ असार, बागलुङ – बागलुङको गलकोटमा निर्माण भएको दरमखोला ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ ।

साढे दुई मेगावाट क्षमताको उक्त आयोजनाबाट उत्पादन भएकोे विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाका प्रबन्धक गोपाल न्यूरेले आयोजनाको व्यापारिक उत्पादन सुरु भएको जानकारी दिए।

‘विद्युत् नियमित उत्पादन भइरहेको छ, यसले विद्युत्भार कटौतीलाई टेवा पु¥याउँछ,’ उनले भने । सयपत्री हाइड्रोपावर प्रालिले तीन वर्षअघि निर्माण सुरु गरेको आयोजना ५१ करोडको लागतमा सम्पन्न भएको हो । यसमा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको रहेको छ भने बाँकी स्थानीय र केही निजी क्षेत्रको रहेको छ ।

हिल गाविस– २ को साँदीमा आयोजनाको बाँध तथा अर्गल–७ घुस्मेलीमा विद्युत्गृह रहेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई ३३ ‘केभिए’ प्रसारण लाइनमा जोड्ने सहमति भए पनि हरिचौरमा निर्माणाधीन सव–स्टेसनको काममा ढिलाइ भएपछि ११ ‘केभिए’मा जोडिएको हो ।

About The Author

अन्य समाचारहरु: