Sat. Mar 15th, 2025

काबुलमा आतंकवादी हमला, ४० जनाको मृत्यु

Afgan-blast१६ असार, धादिङ – अफगानिस्तानको राजधानी काबुलमा बिहीबार फेरि आतंकवादी आत्मघाती हमला भएको छ ।

हमलामा कम्तीमा ४० जना मारिएको बीबीसीले जनाएको छ । काबुलबाट पश्चिममा रहेको पागमान शहरमा आयोजित एउटा समारोहबाट फर्किने क्रममा काला ए हैदर खान गाउँमा दुईजना हमलाकारीले आत्मघाती बम विस्फोट गराएर पुलिसको गाडीमा निशाना बनाएको समाचारमा जनाइएको छ ।

यो आक्रमणको जिम्मा त्यहाँको आतंकवादी संगठन तालिबानले लिएको छ ।

यसअघि अफगानिस्तानको काबुलमा आत्मघाती हमलामा परी १३ नेपाली मारिएका थिए भने ५ जना घाइते छन् ।

About The Author

अन्य समाचारहरु: