१५ असार, धादिङ – सरस्वती थापा क्षेत्रीले रोइला गीत धादिङ आउ है बटुवा निकालेकी छिन् ।
जीवन्त पन्त र विनु तामाङको स्वरमा सजिएको रोइला गीतलाई सार्थक डिजिटल प्रालिले बजारमा ल्याएको छ । गीतमा पारस थापा क्षेत्रीको लय रहेको छ भने जीवन पन्त र पारस थापा क्षेत्रीको शब्द रहेको छ ।
गीतमा गणेश हिमाल, सल्यानटार, ज्यामरुङ लगायतका विभिन्न ठाँउहरु तथा परिवेशलाई समेटिएको छ ।