Sat. Mar 15th, 2025

टर्कीको अटाटुर्क विमानस्थलमा आक्रमण, ३६ को मृत्यु ६० घाइते

aakraman१५ असार,  इस्तानबुल (एजेन्सी ) – इस्तानबुलस्थित अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा गराइएको आत्मघाती बम विस्फोटमा परि कम्तिमा ३६ जनाको मृत्यु भएको छ। विष्फोटमा परि ६० भन्दा बढी मानिस घाइते भएका छन्।

आक्रमणकारीहरुले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल नजिक आत्मघाती बम विष्फोट गराएको बताइएको छ। विष्फोटपछि विमानस्थलका सम्पूर्ण उडान रद्द गरिएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आत्मघाती बम विष्फोट गराएको बीबीसीले जनाएको छ। विमानस्थलमा भएको आत्मघाती बम विष्फोटको घटनामा कुर्द चरमपन्थी वा इस्लामिक स्टेटले गराएको हुनसक्ने अनुमान गरिएको छ।

सरकार र चरमपंथी संगठनबीच भएको संघर्ष विरामको सहमति भंग भएपछि टर्कीमा पछिल्लो समय हिंसात्मक घटना फेरि बढ्न थालेका छन्।

About The Author

अन्य समाचारहरु: