Thu. Feb 27th, 2025

धादिङमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइने

dhan-diwas१४ असार,  धादिङ  – धान दिवस तथा रोपाइँ महोत्सव धादिङमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।

अघिल्ला वर्षहरुमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै आइरहेको दिवसलाई जिल्ला कृषि विकास कार्यलय धादिङले यस वर्षमा पनि प्राथमिकता दिएको छ । यस पटक पनि नीलकण्ठ नगरपालिका ८ वृत्ताबेसीमा रहेको खेतमा धान दिवस मनाउन लागेको जिल्ला कृषि विकास कार्यलय धादिङले जानकारी दिएको छ ।

असार १५, अर्थात नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाने दिन । यसलाई केही वर्षदेखि धान दिवसको रुपमा पनि मनाउँदै आएका छन् ।

कृषि प्रधान देशमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसारको प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व रहेको छ । धानको क्षेत्रफल र उत्पादनलाई केलाउँदा यो अन्य बालीको तुलनामा झन्डै दोब्बर छ ।

About The Author

अन्य समाचारहरु: