१४ असार, गोरखा – गोरखाका सरकारी विद्यालयमा पढाउँदै आएका शिक्षकले विद्यालय जाँदा अनिवार्यरुपमा झोला बोक्नुपर्ने भएको छ। शिक्षकले दिनहुँ विद्यालय पोसाक र शैक्षिक सामग्री भएको झोला बोक्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको हो।
डायरी, सन्दर्भ सामग्री र आवश्यक शैक्षिक सामग्री राख्न सजिलो बनाउन शिक्षकलाई झोला दिइएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताए। विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शैक्षिक सामग्रीको प्रयोग र विषयवस्तुप्रति पूर्वतयारीका लागि आवश्यक सामग्री राखेर झोला बोक्न लगाइएको हो।
विद्यार्थीको गुणस्तर सुधारका लागि विनियोजन गरिएको बजेटले शिक्षकले झोला खरिद गर्न पाउने सुवेदीको भनाइ छ। विद्यालयले पाउँदै आएका शैक्षिक अनुदान र प्रशासनिक खर्चबाट पनि झोला खरिद गर्न सकिने उनले बताए। विद्यालयका प्रअहरुले झोला खरिद गरेर सबै शिक्षकलाई वितरण गर्न सुरु गरेका छन्।
ुशैक्षिक सामग्री राख्न झोला वितरण गरेपछि बिनातयारी कक्षाकोठामा जाने शिक्षक निरुत्साहित हुन्छन् र शिक्षाको गुणस्तर बढ्छ भन्ने हाम्रो विश्वास छ,ु जिशिअ सुवेदीले भने। शिक्षकले झोला बोके÷नबोकेको र आवश्यक शैक्षिक सामग्री, सन्दर्भ सामग्रीको प्रयोग गरे÷नगरेको अनुगमन गरिने शिक्षा कार्यालयले जनाएको छ।
गोरखाका चारसय ५७ वटा सरकारी विद्यालयमा दुई हजार छ सय २३ जना शिक्षक कार्यरत रहेका छन्। झोला बोकेपछि शिक्षक थप जिम्मेवार हुन्छन् भन्ने अपेक्षा गरिएको जिशिअ सुवेदीको तर्क छ। साथै, विद्यालय पोसाक अनिवार्य रुपमा लगाउन शिक्षकलाई निर्देशन दिइएको पनि उनले बताए।रासस