Thu. Mar 6th, 2025

माधव नेपालको प्रस्ताव : अब कांग्रेस र मोर्चासहितको सरकार

madhav-kumar-nepal
१४ असार, काठमाडौं – एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसी मोर्चासहितको राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रस्ताव गरेका छन्।

युवा संघ नेपालद्वारा सोमबार आयोजित पुष्पलाको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा नेपालले त्यस्तो आह्वान गरेका हुन्। कांग्रेसले लगातार संसद् अवरुद्ध गर्दा संविधान कार्यान्वयनदेखि स्थानीय तहको निर्वाचन तयारीसम्मका काम रोकिएको भन्दै नेपालले अबको २० महिनामा सबै काममा पहिले सहमति गरेर राष्ट्रिय सहमतिको अर्को सरकार गठन गर्नुपर्ने आवश्यकता औँल्याए।

‘संविधान कार्यान्वयन गर्नुपर्ने वेला कांग्रेसको संसद् अवरोधले राम्रो सन्देश दिएको छैन, भूकम्पपीडितको आवास पुनर्निर्माण, कानुन पास गर्नेदेखि स्थानीय चुनावसम्मको तयारी रोकिएको छ, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘म आग्रह गर्छु, सबै बेथिति अन्त्यका लागि बरु कांग्रेस र मधेसवादी दलसहितको राष्ट्रिय सहमतिको सरकार बनाऔँ।’

एजेन्डामा सहमतिपछि जोसुकै प्रधानमन्त्री

अब बन्ने सरकारले बाँकी २० महिने अवधिमा गर्नुपर्ने कामका सूची– एक–दुई तीन।। के–के हुन् रु पहिले सहमति गरौं, एजेन्डामा सहमतिपछि प्रधानमन्त्री जो पनि बन्न सक्छ, कामलाई केन्द्रबिन्दुमा राखेर सहमति खोजौं।’ नयाँ पत्रिका दैनिकबाट

About The Author

अन्य समाचारहरु: