Wed. Mar 5th, 2025

धादिङलाई १ स्वर्ण, ४ रजत र २ कास्य

dhading-tekando
११ असार,  धादिङ – नेपाल भारत मैत्री आमन्त्रण तेक्वान्दो प्रतियोगितामा धादिङ जिल्लाले १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेका छन् ।

नुवाकोटमा भएको खेलमा धादिङ तेक्वान्दो डोजाङका खेलाडीहरुले छुट्टा छुट्टै तौल समूहमा पदक जितेका हुन्।

tekando-dhading

नेपाल र भारतका खेलाडीबीच भएको प्रतिस्पर्धामा सरोज घलेले ५४ केजी तर्फ स्वर्ण जितेका हुन् । त्यस्तै ५७ केजीमा सुचिता तामाङ, ३२ केजीमा रेजिना बुढाथोकी, ४१ केजीमा अनिषा गुरुङ र ओल्मा गुरुङले रजत पदक जितेका छन् । त्यसैगरी मारिया तामाङ र सुमन थापाले कास्य पदक जितेका हुन् ।

About The Author

अन्य समाचारहरु: