प्रकाशित मिति : २०७३ असार १० गते
नमस्ते ग्रामीण बिकास समाज (एन.आर.डि.स) धादिङ र यू.एम.एन.को आर्थिक तथा प्राबिधिक सहयोगमा धादिङ जिल्लाको लापा गा.बि.स.मा संचालन भइरहेको “धादिङ बिपद ब्यवस्थापन कार्यक्रम” का लागि एक जना प्रशासन तथा बित्त अधिकृत करारमा नियुिक्त गर्नु पर्ने भएको हुदाँ योग्यता पुगेका नेपाली नागरिकहरुबाट आफ्ने ब्यक्तिगत बिबरण सहित २०७३ असार १४ गते सम्म उल्लेखित ठेगानामा दरखास्त आहवन गरिएको छ । म्याद नाघि आएको एंव रित नपुगेको दरखास्तउपर कुनै कारबाही गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र परिक्षामा समाबेश गरिने छ ।
बिज्ञापन नं. : १०, २०७२/०७३
पदः प्रशासन तथा बित्त अधिकृत
आबश्यक सख्याः १ जना
परिक्षाको किसिमः लिखित, मौखिक तथा प्रयोगात्मक
पारिश्रमिक : संस्थाको नियम अनुसार
मुख्य जिम्मेबारी
– दैनिक लेखा सम्बन्धी कार्य गर्ने र संस्थाको आर्थिक नियमावलीलाई कार्र्यान्वयन गर्ने ।
– मासिक, क्रैमासिक तथा बार्षिक कार्ययोजना कार्यन्वयनमा आर्थिक ब्यवस्थापन गर्ने ।
– सामाग्री खरिद, दाखिला, निकासा तथा ढुवानीको ब्यवस्था गर्ने ।
– कार्यक्रममा कार्यरत कर्मचारी तथा संस्थाका पदाधिकारीहरुसँग समन्वय र सहकार्य गर्ने ।
– बजेट कार्यान्वयन योजना तथा मासिक, क्रैमासिक र बार्षिक प्रगती प्रतिबेदन तयार पार्ने ।
आबश्यक शैक्षिक योग्यता र अन्य सीपः
– लेखा तथा सामाग्री ब्यवस्थापन सम्बन्धमा ज्ञान र सीप भएको ।
– लेखा ब्यवस्थापन बिषयमा स्नातक उक्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा दुइ बर्षको कार्य अनुभव भएको ।
– सामाग्री खरिद तथा स्टोर ब्यवस्थापन सम्बन्धी अनुभव भएको ।
– टिममा कार्य गर्न सक्ने तथा सहजीकरण सीप भएको ।
– लेखा सम्बन्धी software मा ज्ञान र सीप भएको ।
– नेपाली तथा अंग्रेजीमा टाइप गर्न सक्ने (MS World, Excel, Power point and email, internet)मा राम्रो दक्षता भएको ।
– दलित, महिला, जनजाति र पिछडिएको बर्गलाई बिशेष प्राथमिकता दिइने छ ।
– योग्यता पुगेका उम्मेवारले आफ्नो ब्यक्तिगत बिबरण (Bio-data) सहित निबेदन तल उल्लेखित ठेगाना वा e-mail मार्फत पठाउन सक्नुहुने छ ।
दरखास्त बुझाउने स्थानः
नमस्ते ग्रामीण बिकास समाज (NRDS)
सम्पर्क कार्यालय निलकण्ठ नगरपालिका वार्ड नं.३, मालेबगर, धादिङबेशी
इमेलः[email protected]
(पदपुर्ति सम्बन्धी सम्पूर्ण अधिकार नमस्ते ग्रामीण बिकास समाज धादिङमा निहित हुने छ। )