Thu. Mar 6th, 2025

नेविसंघको कार्यक्रमस्थलमै कुटाकुट

९ असार, काठमाडौं- लामो समयदेखि स्थगित महाधिवेशन गर्ने तयारी सुरु भएसँगै विद्यानेपाल र्थी संघमा दुई पक्षबीच विवाद पनि बढ्न थालेको छ । बुधबार बागबजारमा भएको एक कार्यक्रममा दुई पक्षबीच हानाहान नै भएको छ ।

नेविसंघले नै आयोजना गरेको शिक्षासम्बन्धी अन्तक्रियालाई सम्बोधन गरेर प्रमुख अतिथि रहेका रामचन्द्र पौडेल फर्किएलगत्तै दुई पक्षबीच विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा हानाहान भएपछि नेविसंघ केन्द्रीय सदस्य इन्दु शर्मा सामान्य घाइते भएकी छिन्   ।

नेविसंघले ११औँ राष्ट्रिय महाधिवेशनका लागि आठौँपटक प्रयास गरेको छ । तर, प्रतिनिधिहरू फर्जी भएको भन्दै एउटा समूहले विरोध जनाइरहेको छ । पूर्व प्रचार विभाग प्रमुख रामप्रसाद अधिकारीले सात–आठ सय फर्जी प्रतिनिधि बताइएको भन्दै खारेजीको माग गरे । नेविसंघको वर्तमान नेतृत्वले ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र त्यहाँबाट प्रतिनिधि चयन भइसकेको जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले २३ देखि २५ साउनसम्म हुने नेविसंघको एघारौँ महाधिवेशन निष्पक्ष हुने बताएका छन् । नेविसंघ नेता कुन्दन काफ्ले नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा सभापति देउवाले महाधिवेशनको निष्पक्षतामा आशंका नगर्न आग्रह गरेका हुन् ।

सभापति देउवालाई भेट्न पुगेका विद्यार्थी नेताहरूले महाधिवेशनका लागि भनेर चयन गरिएका ६ सयभन्दा बढी प्रतिनिधि नक्कली रहेको भन्दै प्रतिवेदन बुझाएका थिए । नेविसंघ नेतृत्वले विवाद टुंगिएको बताए पनि ६४ जिल्लामा ६ सयभन्दा बढी नक्कली प्रतिनिधि रहेको उनीहरूको दावी छ । नयाँ पत्रिका दैनीकबाट 

About The Author

अन्य समाचारहरु: