८ असार, काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकले तीनवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्यो ।
ती विधेयकहरुमा केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक २०७१, सर्वोच्च अदालत (पहिलो संशोधन) विधेयक, २०७३ र न्याय सेवा आयोग विधेयक, २०७३ रहेका छन् ।
न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सदनसमक्ष तीनवटा विधेयक प्रस्तुत गरेका थिए । रासस