Thu. Mar 6th, 2025

तमलोपाको महाधिवेशन आजदेखि

tamalopa६ असार, नवलपरासी नवलपरासीमा आजदेखि सुरु हुन लागेको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा भाग लिन स्वदेशीदेखि विदेशसम्मका पाहुना आउँदै छन् ।

बिहान ११ बजेबाट सुुरु हुने भनिएकोे उद्घाटन शत्रमा भाग लिन विभिन्न देशबाट राजनीतिक दलका नेता, युरोपियन युनियनका केही देशका प्रतिनिधि र कूटनीतिक नियोगका पाहुन आउने कार्यक्रम रहेको तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले बताए ।

महाधिवेशनको उद्घाटन शत्रमा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासमेत आउने कार्यक्रम पक्का भएको आयोजक जिल्ला तमलोपा नवलपरासीका उपाध्यक्ष पुरन चौधरीले बताए।

यसबाहेक अन्य दलका शीर्ष नेतालाई पनि पत्राचार गरिएको छ । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उद्घाटन शत्र चल्ने छ । महाधिवेशनको उद्घाटन शत्र जिल्लाको सदरमुकाम परासीस्थित आर्दश उच्च माविको प्राङ्गणमा हुनेछ भने बन्द शत्र पनि सोही स्थानमा हुने पार्टीले जनाएको छ ।

तमलोपाको महाधिवेशन नजिकिँदै जाँदा जिल्लामा शान्ति सुरक्षासमेत कडा बनाइएको छ । महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक आउने छन् । यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीको सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने पार्टी स्रोत जनाएको छ ।

विशेष गरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोको रुपमा हेरिएको छ ।

महाधिवेशन हुन लागेको जिल्ला नवलपरासी पार्टीका वरिष्ठ उपाध्यक्ष त्रिपाठीको गृहजिल्ला हो । त्रिपाठी महाधिवेशन सफल बनाउन दुई महिनादेखि नवलपरासीमा छन् । आजबाट सुरु हुने महाधिवेशन असार ८ नयाँ नेतृत्व चयन गर्दै सकिने छ । रासस

About The Author

अन्य समाचारहरु: