३० जेठ, काठमाण्डौ–बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज औपचारिकरुपमा पार्टी घोषणा गर्दैछ । तत्कालीन एमाओवादीबाट विभाजित भएर घोषणा भएको नयाँ शक्ति नेपाल आजदेखि राजनीतिक दलका रुपमा औपचारिक रुपमा अगाडि आउनेछ ।
घोषणासभामा नयाँ शक्तिका सबै नेता तथा कार्यकर्तालाई सामूहिक रुपमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए । घोषणा सभामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुका साथै नेपालस्थित विभिन्न देशका राजदूतहरु समेतलाई आमन्त्रण गरिएको जनाइएको छ ।
त्यस्तै विदेशबाट भारतीय राष्ट्रिय कांग्रेस युनाइटेडका डिपी त्रिपाठी, जनता दल युनाइटेडका केसी त्यागी र बहुजन समाजवादी सुरधिन्द्र भदौरीया पनि अतिथिको रुपमा सहभागी हुने भएका छन् ।
घोषणा सभा अघि उपत्यकाका कालिमाटी, कुपण्डोल, रत्नपार्क, तिनकुने गरी चार स्थानबाट कार्यक्रमस्थल रंगशालामा ¥याली पुग्ने जनाइएको छ । ती ठाउँहरुको ट्राफिक व्यवस्थापन गर्दै नियमित आवागमनमा कुनै असर नपर्ने गरी रंगशालासम्मको यात्रा गर्ने व्यवस्था मिलाइएको नयाँ शक्तिले जनाएको छ । ¥याली मध्यान्ह १२ वजे रंगशाला पुग्ने र त्यसपछि कार्यक्रम शुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घोषणासभा भएपछि बन्द सत्र भने कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भोलि र पर्सी गरिने प्रवक्ता देवकोटाले बताए ।