२९ जेठ, धादिङ – युरोकप अन्र्तगत शनिबार भएको खेलमा स्वीटजरल्याण्डले अल्वानियालाई १–० गोल अन्तरले पराजित गरेको छ ।
समूह ए अन्तरगतको खेलमा ४ मिनेटमै स्वीटजरल्याण्डले गोल गर्दै विजयी सुरवात गरेको छ । स्वीटजरल्याण्डका जार्डन साकिरीको कर्नरमा डिफेन्डर फेवियन साले उत्कृष्ट हेड गर्दै गोल गरेका हुन् ।
अल्वानियाका गोल किपर बललाई पञ्च गर्न अगाडि बढेका बेला फेवियन साले उत्कृष्ट हेड गर्दै गोल गरेका थिए । स्वीटजरल्याण्डका फेवियन सालाई कर्नर नजिक फल गरेपछि उनलाई पहिलो पहेलो कार्ड दिइएको थियो । डिएरीया नजिक हातले बल छेकेपछि उनी दोहोरो पहँलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
यो जितसँगैसमूह एको दोस्रो स्थानमा रहेको स्विट्जरल्याण्डलाई पहिलो पटक युरो कपको नकआउट चरणमा पुग्ने आश जगाएको छ । उद्घाटन खेलमा रोमानियालाई हराएको फ्रान्स शीर्ष स्थानमा छ ।