Thu. Mar 6th, 2025

सरकारलाई काम गर्न दिइनुपर्छ – प्रम ओली

kp oli

२५ जेठ नेपालगन्ज –  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हितका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्।

सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्व विद्यालयको सिनेट बैठकमा भाग लिन जाने क्रममा नेपालगन्ज विमानस्थलमा आज बिहान पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई विघटन नगरेर नै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयास भइरहेको बताए।

उनको भनाइ थियो – “सहमतिका लागि प्रतिपक्षमा रहेका सबै दलहरुसँग विचार विमर्श थालिएको छ । छलफल भइरहेको छ । अर्को संसदीय निर्वाचन नभएसम्म यो सरकारलाई काम गर्न दिइनुपर्छ ।”

उनले अगाडि भने – “संविधान कार्यान्वयनका लागि पनि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक छ, राष्ट्रिय सहमतिको सरकार भयो भने संविधानको कार्यान्वयन अझै सहजताका साथ अघि बढछ, त्यसका लागि पनि हामीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि जोड दिएका हौं ।”

उनले सरकारको विरोध प्रतिपक्षबाट हुनु लोकतान्त्रिक प्रक्रियाको एउटा कडी भएको स्पष्ट पार्दै भने – “तर, विरोध रचनात्मक हुनुपर्छ, सरकारको कामको गुण दोषका आधारमा हुनुपर्छ, विरोधका लागि मात्र विरोध हुनुहुँदैन ।” रासस

About The Author

अन्य समाचारहरु: