Sat. Mar 15th, 2025

युरो २०१६ मा आक्रमण गर्ने योजना बनाएको आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ

२५ जेठ,  धादिङ युक्रेनको गुप्तचर संस्थाले फ्रान्समा आयोजना भइरहेको युरोपियन च्याम्पियनसीप फुटबल प्रतियोगितामा आक्रमण प्रयास हुनसक्नेमा सम्बद्ध सबैलाई सचेत गराएको छ।

युक्रेनले एक फ्रान्सेली नागरिकलाई ठूलो हतियारसहित युरोपेली मुलुकमा प्रवेश गर्न खोजिरहेको अवस्थामा सोमबार उनलाई पक्राउ गरेपछि आक्रमणको सम्भावनाबारे बताएको हो ।

युक्रेनी सुरक्षा सेवा ९एएबीयू० ले पक्राउ परेका आरोपित व्यक्तिलाई सन् २०१५ को डिसेम्बरदेखि पिछा गर्दै उनका गतिविधिको अध्ययन गरेको बताएको छ ।

आरोपित व्यक्तिले युक्रेनमा हतियार खरिद गर्न चाहेको र सुरक्षाकर्मीले पिछा गर्दै उसलाई पाँच वटा मेसिनगन, दुई ग्रिनेड लन्चर, १२५ किलोग्राम टीएमटी र १०० भन्दा बढी विस्फोटक पदार्थ किन्न दिएको थियो ।

उक्त फ्रान्सेली नागरिकले २० वटा वालाकेभ्स ९पुरै टाउको छोप्ने नकाब० समेत किनेको बताइएको छ ।

यसैबीच, फ्रान्सेली सुरक्षा अधिकारीले फुटबल च्याम्पियनसिपका क्रममा हुनसक्ने आक्रमण प्रयासलाई मध्यनजर गर्दै करिब ९० हजार सुरक्षाकर्मीलाई तैनाथ गरेको बताउँदै कतैबाट सुरक्षा खतरा नदेखिएको बताएको छ । रासस/एएफपी

About The Author

अन्य समाचारहरु: