२३ जेठ, धादिङ – उत्तरी धादिङको ३ गाविसमा संञ्चालित एभिसिडि परियोजनाको ७ दिने अनुगमन तथा भ्रमण शनिबार देखि सुरु भएको छ । भ्रमण टोलीले धादिङवेशीबाट नुवाकोट, रसुवा हुँदै धादिङको तिप्लिङ वडा नम्बर ७ सोमदाङ हुँदै भ्रमण आइतबार तिप्लिङमा रहेको भेडा पालन, झार्लाङको आलु खेती लगायतको अनुगमन तथा भ्रमण गरेको छ ।
भ्रमण टोलीमा फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छत्कुली, सुजरल्याण्डका जेओईपि, रेडियो धादिङका कार्यक्रम संयोजक अर्जुन श्रेष्ठ, पुर्नस्थापना परियोजना कार्यक्रम संयोजक सुवास दाहाल, नोर्लाका कार्यक्रम अधिकृत प्रमिला भट्टराई, एभिसिडि परियोजनाका कार्यक्रम संयोजक रत्न चौलागाँई, फोकस नेपाल धादिङका पशु प्राविधिक विजय तामाङ लगायतको सहभागीता रहेको छ ।
उत्तरी धादिङका तिप्लिङ, झार्लाङ, सर्तुङका स्थानिय कृषकहरुलाई आधुनीकीकरण कृषि प्रणालीमा जोड दिई भेडा पालन र आलुखेतीबाट जीवन स्तर उकास्ने उद्देश्यले फोकस नेपाल धादिङको आयोजनामा नोर्ला र आपेरोनको सहयोगमा एभिसिडि परियोजना संञ्चालन भईरहेको छ ।