२१ जेठ ,काठमाडौं – फिफा विश्व फुटबल बरियतामा नेपाल दुई स्थान तल झरेको छ । यसअघि १ सय ८० औँ स्थानमा भएको नेपाल दुई स्थान झरेर १ सय ८२ औँ स्थानमा पुगेको हो ।
अफगानस्तान नौ स्थान तल झरेर १ सय ५६ औँ स्थानमा भएपनि सार्क राष्ट्रमध्ये पहिलो स्थानमा छ । यस्तै भारत १ सय ६३ औँ, माल्दिभ्स १ सय ७४ औँ, बंग्लादेश १ सय ८१, भुटान १ सय ८८, श्रीलंका १ सय ८९ र पाकिस्तान १ सय ९२ औँ स्थानमा छन् ।
विश्व वरियतामा अर्जेन्टिना पहिलो, बेल्जियम दोस्रो र कोलम्बिया तेस्रो स्थानमा छन् ।