Thu. Mar 6th, 2025

माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति १ हजार ९९ सदस्यीय

prachanda
२० जेठ,  धादिङ –  नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समिति १ हजार ९९ सदस्यीय बन्ने भएको छ ।

बिहीबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले समितिलाई ६९९ बाट बढाएर १ हजार ९९ सदस्यीय बनाउने निर्णय गरेको हो ।

यसअघिको केन्द्रिय समितिले ९ सय ९९ सदस्यीय केन्द्रिय समिति बनाउने भनेपनि हेडक्वाटरले थप १ सय जनालाई केन्द्रिय सदस्य बनाउने निर्णय गरेको हो । केन्द्रकी प्रवक्ता पम्फा भुसालले १ हजार ९९ जनामध्ये १ सय जनाको नाम टुंगो लाग्न बाँकी रहेको जानकारी दिइन्

हाल ९ सय ९९ जनालाई नियुक्त गरिएको र १ सय सदस्य पछि थप्ने गरी निर्णय भएको भुषालले बताइन् । ‘कार्यदलको सिफारिस र केन्द्रले गरेको छलफलको आधारमा आयोजक समिति विस्तार गरेर ९ सय ९९ पदपूर्ति र १ सयजना पछि थप्ने गरी १ हजार ९९ सदस्यीय बनाइएको छ,’ सञ्चारकर्मीमाझ प्रवक्ता भुषालले भनिन् ।

About The Author

अन्य समाचारहरु: