Thu. Mar 6th, 2025

मैत्रीपूर्ण फूटबलमा चिली पराजित

fodball

२० जेठ, धादिङ  – मैत्रीपूर्ण फूटबलमा मेक्सिकोसँग चिली पराजित भएको छ ।

कोपा अमेरिका फुटबलको तयारीमा रहेको गएको वर्षको विजेता चिली बिहीबार बिहान अमेरिकाको क्यालिफोर्नियामा भएको खेलमा मेक्सिकोसँग १–० ले पराजित भयो । प्रतिस्पर्धात्मक खेलको अन्तिम समयसम्म दुवै तर्फबाट गोल हुन सकेको थिएन । ८६ औं मिनेटमा जाभिएर हर्नान्डेजले मेक्सिकोका लागि विजयी गोल गरे ।

आउँदो शनिबारदेखि सुरु हुने कोपा अमेरिका फुटबलमा १६ अमेरिकी देश सहभागी हुने छन् । समूह डीमा रहेको चिलीले पहिलो खेलमा जुन ६ मा अर्जेन्टिनासँग खेल्ने छ । समूह सीमा रहेको मेक्सिकोले त्यसको अघिल्लो दिन उरुग्वेसँग खेल्ने छ ।

About The Author

अन्य समाचारहरु: