१९ जेठ, धादिङ–उत्तरी धादिङको झार्लाङ गाउँ विकास समितिका अधिकांस किसानको बारीमा आलुबखडा फलेर लठिरम्मै छ । सबैको बारीमा आलुबखडा भएको कारण यसको महत्व खासै छैन । आलुबखडाको बजार भाउ अहिले पनि ठाउँ हेरी हेरी फरक फरक रहेको छ ।
किलोको ४० देखि ६० सम्म पर्ने आलुबखडा उत्तरी धादिङको झार्लाङमा कुहिएर गईरहेको छ । सबैको घरघरमा आलुबखडा हुँदा त्यसको खासै अहिले महत्व पनि नभएको झार्लाङ गाउँ विकास समिति वडा नम्बर १ राजु तामाङले बताए ।
मोटरबाटोले अहिले सम्म नछोएको उक्त स्थान भौगोलिक रुपममा विकट रहेको छ । चिसो हावापानीमा उत्पादन भएको उक्त फल निकै राम्रो भएको लेकाली प्राविका शिक्षक नवराज गिरीले बताए । सहज रुपमा बजार सम्म पु¥याउन नसक्दा लाखौँ मुल्य बराबरको आलुबखडा बारीमा कुहिएको छ ।
बजार अभावको कारण बर्सेनी यसरी पाकेको फलफुल बाटमै कुहाएर सक्नुपर्ने बाध्यता रहेको छ । बारिमा भएका फलफुल बाँडिचुडी खाँउ भने सबैको बारीमा फलफुल फलेकाछन्, बेचर आम्दानी लिऊँ भने बेच्ने ठाँउ छैन राजु तामाङले गुनासो गरे ।
बेच्ने ठाउँ हुने हो भने त्यहाँका स्थानीयको राम्रो आम्दानीको स्रोत बन्ने सक्ने रामनाथ महतोले जानकारी दिए । मानिस आवत जावत गर्नको लागि निकै कठिन पर्ने उक्त स्थानमा आलुबखडा बोकेर बजार सम्म ल्याउने कुनै सम्भावना नरहेको स्थानीय कृषकहरुले गुनासो गरेका छन् ।
आफ्नो बारीमा आफैँ उम्रिएर फलेको फलको सहि सदुपयोग गर्न नसकिएको झार्लाङका सुन बहादुर सुनुवारले गुनासो गरे । अहिले झार्लाङ गाउँ विकास समितिका अधिकांस स्थानमा हेर्ने हो भने बारीभरी लठरमम्मै भएर खालुबखडा फलेका छन् । खाने मानिस समेत नहुँदा फलेका फलहरु बोटमै र भुईमा झरेर कुहिने गरेको छ ।
सरकार तथा विभिन्न गैर सरकारी संस्थाहरुले उत्तरी धादिङमा उत्पादन भएका कृषि उपज तथा फलफुलको बजार सम्म पु¥याउने वातावरण बनाउने हो भने त्यहाँका स्थानीयको जीवन स्तर आफैँ उकासिने निश्चित छ ।