१८ जेठ, भारत – भारतीय सेनाको एक डिपोमा मंगलबार बिहान आगलागी भएको छ । आगलागीबाट दुई सैन्य अधिकृतसहित १७ जनाको मृत्यु भएको छ ।
महाराष्ट्र राज्यस्थित पुलगाउँमा रहेको भारतीय सेनाको केन्द्रीय हातहतियार डिपोमा आगलागी हुँदा कयौँ घाइते भएका छन् ।
घटनास्थलमा रहेका सैन्य अधिकारीका अनुसार धेरै घाइतेको अवस्था चिन्ताजनक रहेको छ । आगलागी नियन्त्रणमा आए पनि हतियार राखिएको क्षेत्र भएकाले अझै विष्फोटको खतरा रहेको बताइएको छ ।
आगलागीको कारण अझै खुल्न नसकेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।