१८ जेठ, धादिङ – मैत्रीपूर्ण फुटबलमा फ्रान्सले क्यामरुनलाई ३–२ ले हराएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्स विजयी भएको हो ।
युरोकप २०१६ को आयोजक फ्रान्सका लागि वेष्ट ह्यामका दिमित्री पेयटले ९० औं मिनेटमा विजयी गोल गरे । २० औं मिनेटमा ब्लेज माटुइडीले गोल गर्दै फ्रान्सलाई सुरुवाति अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि नै भिन्सेन्ट अबुबाकरले क्यामरुनका लागि बराबरी गोल फर्काए ।
४१ औं मिनेटमा ओलिभर जिरउडले गोल गरेपछि फ्रान्सले पहिलो २–१ को अग्रता लियो । तर ८८ औं मिनेटमा एरिक म्याक्सिन चुपो मोटिङले क्यामरुनका लागि बराबरी गोल फर्काए । तर ९० औं मिनेटमा पेयटले गोल गरेपछि फ्रान्स ३–२ ले विजयी भयो ।
फ्रान्सले युरोकप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा आउँदो शनिबार स्कटल्याण्डसँग खेल्ने छ । फ्रान्सले युरोपक अन्तर्गतको पहिलो खेलमा आउँदो २८ गते पेरिसमा रोमानियासँग प्रतिस्पर्धा गर्नेछ ।