Fri. Mar 14th, 2025

प्रेस चौतारीलाई अग्लो र बलियो संगठनका रुपमा स्थापित गर्नेछु – अध्यक्ष बस्नेत

नेपाली श्रमजीवि सञ्चारकर्मीहरुको सवैभन्दा मजवुत संगठन प्रेस चौतारी नेपालको जेठ ६ देखि ८ सम्म काठमाडौँमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनले गणेश बस्नेतलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । विस. २०३४ साल असोज ९ गते दोलखाको सुरी गाविसमा जन्मिएका बस्नेतले २०५१ सालमा छलफल साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका हुन् । हटन्यूज दैनिक, हिन्दु साप्ताहिक, जनएकता साप्ताहिक, स्पेस टाइम दैनिक, च्यानल नेपाल टेलिभिजनमा सम्वाददातादेखि समाचार प्रमुखको रुपमा काम गरे । त्यसपछि च्यानल नेपाल टेलिभिजनमा ३ बर्ष समाचार प्रमुख भई हाल राजधानी राष्ट्रिय दैनिककमा समाचार सम्पादकको रुपमा कार्यरत छन् । भर्खरै मात्र अध्यक्ष पदमा निर्वाचित हुनुभएका बस्नेतसँग पाविलन्युज डटकमका कार्यकारी सम्पादक सरिता श्रेष्ठले गरेको कुराकानीको सारसंक्षेप

ganesh-basnet

अध्यक्ष बन्न तपाइको रहर हो वा कसैले इच्छाएको हो ?
मेरो रहरले मात्रै प्रेस चौतारी नेपालको अध्यक्ष पदमा सर्वसम्मत चयन भएको होइन । यो संस्थाको संस्थापक र सवै पूर्वअध्यक्षहरुको आग्रह अनुसार आवश्यकताका आधारमा म प्रेस चौतारी नेपालको अध्यक्षको भुमिकामा आएको हुँ । अरु कसैले चाहेको वा इच्छाएको आधारमा नेतृत्वमा पुगेको होइन । मुलुकका सवै जिल्ला र प्रतिष्ठान शाखाबाट चयन भएका केन्द्रीय प्रतिनिधिले इच्छाएको व्यक्ति चाँहि म पक्कै थिए । परिणाम पनि त्यस्तै आएको छ ।

चुनावी मैदानमा लड्ने योजना बनाउनु भएको थियो, तर सर्वसम्मत भयो ? कस्तो लागिरहेको छ ?
अत्यन्त गर्व लागिरहेको छ । आठौं राष्ट्रिय अधिवेशनका लागि सवै जिल्ला÷प्रतिष्ठानहरुबाट सर्वसम्मत रुपमा केन्द्रीय प्रतिनिधि चयन गरी पठाएर केन्द्रमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि दवाव दिएका थिए । सोही आधारमा पार्टी नेताहरुले समेत प्रेस चौतारी नेपालका साथीहरुको भावनालाई कदर गर्दै सर्वसम्मत नेतृत्व चयनमा भुमिका निर्वाह गर्नभयो । पूर्वअध्यक्षहरुको भुमिकाले पनि यो वातावरण सिर्जना भएको हो । सवैको प्रयासमा १४ बर्षपछि प्रेस चौतारीमा सर्वसम्मत नेतृत्व चयन गर्न हामी सफल भएका छौं । सिंगो संगठनलाई एकतावद्ध बनाउँदै सर्वसम्मत नेतृत्व चयन हुँदा खुसी नहुने कोही पनि छैनन ।

ganesh&madhav

प्रेस स्वतन्त्रताको लागि चौतारीले कस्तो भूमिका निर्वाह गर्छ ?
प्रेस चौतारी नेपालले आफ्नो स्थापना कालदेखि नै प्रेस स्वतन्त्रताको मुद्दामा संझौताहीन संघर्ष गर्दै आएको छ । आगामी दिनमा पनि हामी निरन्तर यस अभियानमा लाग्ने छौं ।

आगामी दिनहरुमा प्रेस चौतारीले के गर्छ ?
आठौं राष्ट्रिय अधिवेशनले संबृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवि पत्रकार, प्रेस स्वतन्त्रता र व्यावासायिक पत्रकारिता प्रेस चौतारीको आधार भन्ने मुल नारालाई अनुमोदन गरिसकेको छ । आगामी दिनमा पनि यही नारा अनुसार हामी अघि बढ्छौं । राजनीतिक रुपमा संबिधानको कार्यान्वयन, राष्ट्रिय स्वाधिनताको रक्षा र आर्थिक संमृद्धिको दिशामा मुलुकलाई अघि बढाउनेतर्फ नै हाम्रो भुमिका हुनेछ । व्यावसायिक मुद्दाको कुरा गर्दा अहिले पनि नेपाली श्रमजीवि पत्रकारहरु सम्मानपुर्वक बाँच्न सक्ने अवस्था छैन । अव सवै श्रमजीवि सञ्चारकर्मीलाई सम्मानपुर्वक बाँच्न सक्ने अवस्थामा पु¥याउन नेपाल पत्रकार महासंघ लगायत सवै संघ संस्थाहरुसँग सहकार्य गर्दै हामी लक्ष प्राप्तिको लागि अबिचलित रुपमा अघि बढ्ने छौं ।

पूर्वअध्यक्षहरुले भन्दा फरक के गर्ने योजनामा हुुनुहुन्छ ?
प्रेस चौतारी नेपाल आफ्नो सपष्ट मान्यता अनुसार चलेको अबिछिन्न उत्तराधिकारीवाला संगठन हो । यस अर्थमा यसअघि भएका राम्रा कामलाई निरन्तरता दिने र विगतमा भए÷गरेका कतिपय कमी कमजोरी छन् भने सुधार गर्दै अघि बढ्ने योजनामा हामी छौं । पूर्व अध्यक्षहरुले यो संगठनको जग मजबुत बनाउनु भएको छ । त्यही जगको आधारमा हामी प्रेस चौतारी नेपाललाई सवैभन्दा अग्लो र बलियो संगठनका रुपमा स्थापित गर्ने छौं ।

gaensh&mahendra

पेशागत क्षमता विकासमा अब चौतारीबाट के अपेक्षा लिन सक्छौँ ?
पत्रकारको क्षमता अभिबृद्धि र पेशागत सुरक्षा नै अहिलेको प्रमुख एजेण्डा हुन । यस अर्थमा प्रेस चौतारीको प्रमुख मुद्दा पनि यही नै हो । क्षमता अभिबृद्धिबिना पत्रकारहरु आफ्नो पेशामा टिकिहरन सक्दैनन । पछिल्लो समयमा पेशाबाट पलायन हुने र विदेश जाने प्रबृत्ति बढनुमा यही नै प्रमुख कारण हो । पेशामा टिकाइरहन उनीहरुलाई राम्रो शिक्षाका साथै आवश्यक सवै प्रकारका तालिमको ब्यवस्था गर्न जरुरी छ । प्रेस चौतारी नेपालको काम यसैतर्फ केन्द्रित हुनेछ । सरकार, सरकारी तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थासहित सवै प्रकारका सामाजिक संघ संस्थाको समेत सहयोगमा नेपालका सवै सञ्चार संस्थासँग समन्वय गर्दै पत्रकारको क्षमता अभिबृद्धिका लागि बिशेष भुमिका निर्वाह गर्ने योजना छ । यसैगरी पेशागत सुरक्षाका साथै भौतिक र आर्थिक सुरक्षालाई पनि प्राथमिकताकै रुपमा अघि बढाइने छ ।

पत्रकारहरु अहिले पनि नियुक्ति पत्र र न्युनतम पारिश्रमिकबिनै काम गर्नुपर्ने बाध्यतामा छन् । पत्रकारको सुरक्षासँग जोडिएको यो मुद्दालाई सदैका लागि समाप्त पार्न जरुरी छ । यसका लागि सरोकारवाला सवै संस्थासँग सहकार्य गर्नेतर्फ ध्यान केन्द्रित हुनेछ । जीवन बिमा, न्यूनतम पारिश्रमिक, नियुक्ति पत्रलगायतका सुरक्षासँग सम्बनिधत बिषयलाई शुरुकै बर्ष निश्कर्षमा पु¥याउने गरी बिशेष अभियान अघि बढाइने छ । पछिल्लो समय निकै लोकप्रिय बनेको अनलाइन मिडियालाई ब्यवस्थिति गर्दै बैधानिकता प्रदान गर्न र कुनैपनि निकायलाई रिस उठेमा साइबर क्राइम लगाएर पत्रकारलाई फसाउने कामको अन्त्यका लागि अभियान चलाइने छ । यसका साथै साना लगानीका पत्रपत्रिकाको विकासका लागि बिशेष ध्यान दिइने छ ।

साना लगानीका पत्रपत्रिकालाई बाचाई राख्न राज्यको तर्फबाट हुनुपर्ने काम अझै भएको छैन । यसतर्फ बिशेष ध्यान दिई सरकारलाई साना लगानीका सञ्चार संस्था जोगाउने गरी समानुपातिक बिज्ञापन नीति लागू गर्न दवाव दिइने छ । यसका साथै प्रेस चौतारी नेपालमा आवद्ध हरेक सदस्यलाई बैचारिक रुपमा प्रष्ट र ब्यावसायिक रुपमा दक्ष बनाउने अभियान चलाइने छ । राष्ट्रियता र लोकतन्त्रप्रति अझै पनि केही भ्रम रहेको जस्तो देखिएको छ । अव मिसनकै रुपमा राष्ट्रियता र लोकतान्त्रलाई जोगाउने बिषयमा प्रष्टताका साथ अघि बढन जरुरी छ । राष्ट्रियताको सवालमा यदाकदा लोकतन्त्रको मुद्दा थाँती राख्न पनि तयार हुनुपर्छ । यसतर्फ बिशेष भुमिका निर्वाह गर्दै प्रेस चौतारी नेपाल बैचारिक प्रष्टता र ब्यावसायिक दक्षताका आधारमा अघि बढछ । बैचारिक रुपमा प्रेस चौतारी नेपाललाई सवैभन्दा प्रगतिशील र अग्रनी संस्थाको रुपमा विकसित गरिने छ ।

chautari-team

प्रेस चौतारीमा पनि गैह्र पत्रकारहरुको हाबी भयो भन्ने आरोप छन् नी ?
अन्य संगठनहरुमा जस्तो प्रेस चौतारी नेपालमा बिभिन्न पेशा ब्यवसाय गर्ने पत्रकारहरुको संलग्नता छैन । तर पनि तपाईको भनाईमा केही सत्यता भने पक्कै छ । यही आधारमा हामी अव आफ्नै संगठनबाट सुद्धिकरण अभियान थाल्ने छौं ।

यस्ता समस्या कहिले समाधान होला ?
चुनाव जित्नकै लागि सवै ध्यान केन्द्रित गर्दा यस्ता समस्या आएका हुन् । ढुक्क हुनोस अर्काे अधिवेशनसम्म हामी प्रेस चौतारी नेपालमा पत्रकारहरु मात्रै रहने बातावरण सिर्जना गर्ने छौं ।

स्वतन्त्र पत्रकारीतामा चौतारी, युनियन, त्रान्तिकारी जस्ता संगठनको नकारात्मक असर कत्तिको देख्नुहुन्छ ?
कुनै असर पर्दैन । बिचारमा प्रष्ट नभएका व्यक्तिले पत्रकारिता क्षेत्रमा काम गर्नै सक्दैन । न्यूज रुपमा ब्यावसायिक रुपमा प्रस्तुत हुन पनि बैचारिक रुपमा प्रष्ट हुनुपर्छ । बिचारबिहीन जमातले पत्रकारिता होइन, जनतालाई भ्रममा पार्ने र बिकृति बिसंगति भित्रयाउने काम मात्रै गर्छ । एकाध पार्टी पक्षधरता लिने समस्या त रहला तर त्यो ब्यावसायिकताको कसीमा आफै कमजोर हुँदै जान्छ ।

ganesh-basnet-

अधिवेशनमा मात्र सदस्यहरुसँग भेटघाट हुने परम्पराको अन्त्य कहिले हुन्छ ?
तपाईले यो प्रश्न सोधैकै मितिबाट त्यो अभियान थालिने छ । नवौं अधिवेशनमा उम्मेदवार नबन्ने घोषणा गरिसकेको कारण आजकै मितिबाट सदस्यसँग भेटघाट र परामर्शको अभियान थाल्ने निवेदन गर्न चाहन्छु । बिगतमा जे कमी कमजोरी भए, त्यसलाई सच्याएर जाने भनेको पनि यही हो । यसअघिका नेतृत्वले चाँहदा चाँहदै सदस्यहरुलाई भेट्न सक्नुभएन होला तर अव त्यो आशंकालाई निर्मुल पार्ने गरी बर्तमान नेतृत्व अघि बढने छ ।

About The Author

अन्य समाचारहरु: