Thu. Mar 6th, 2025

रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि

re-gau-2-300x242real-madrik१६ जेठ, धादिङ – रियल मड्रिड ११ औं पटक युरोपको च्याम्पियन बनेको छ । शनिबार राति भएको फाइनलमा छिमेकी क्लब एथ्लेटिको मड्रिडलाई पेनाल्टीमा ५–३ ले हराएर रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि उचाल्यो ।

योसँगै रियल मड्रिडले अहिलेसम्म ११ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । मिलानमा भएको फाइनलको निर्धारित तथा थप गरिएको समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो । पेनाल्टीमा एथ्लेटिको मड्रिडका वानफ्रान गोल गर्नबाट चुके । क्रिष्टियानो रोनाल्डोले रियलका लागि विजयी पेनाल्टी प्रहार गरे । १५ औं मिनेटमा सर्जिलो रामोस

ले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाएका थिए । रियल मड्रिडले पहिलो हाफमा निकै राम्रो प्रदर्शन गरेको थियो । दोस्रो हाफमा लयमा फर्किएको एथ्लेटिको मड्रिडका लागि ७९ औं मिनेटमा यानिक काररासकोले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि थप गरिएको ३० मिनेटमा पनि दुवै तर्फबाट गोल हुन सकेन । त्यसपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो ।

About The Author

अन्य समाचारहरु: