१२ जेठ, दैलेख – नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य किरणले अवसरवादीहरुले पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लव नेपाल दैलेख शाखाले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले संसदवादी दल र निम्नपुँजीवादी अवसरवादीहरुले क्रान्तिकारी धारको आफ्नो पार्टी समाप्त पार्ने उद्देश्यले पार्टी विभाजन गराएको आरोप लगाउँदै माओवादी केन्द्रमा विचारको खिचडी भएकोले जुनसुकै बेला पनि उनीहरुको लडाई हुने निश्चित रहेको तर्क गरे ।
‘साथीहरु दक्षिणपन्थीहरुको मायाममतामा फसे । अध्यक्ष बैद्यले भने, साथीहरु पछुताउनेछन् । क्रान्तिकारी धार सक्ने योजना पुरा हुन सकेन् ।’
माओवादी केन्द्र बदमासी, आत्मसमपर्णबादीहरुले चलाएकै कारण आफुहरु क्रान्तिकारी धारमा पार्टी अगाडी लगेको उनले बताए ।
माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विरोध सभामा सहभागी हुन आएका बैद्य सहितका नेताहरु आफु विकास विरोधी नभएको तर, स्वदेशी लगानीको पक्षमा रहेको बताए । सरकार बैदेशिक शक्तिको दलली भएकाले देशभक्तहरु एक ठाँउमा उभिनुपर्ने बैद्यले बताए ।
साक्षात्कार कार्यक्रममा नेकपा क्रन्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य हरीभक्त कँडेल, केन्द्रिय सदस्य चक्रपाणी शर्मा, जिल्ला अध्यक्ष दिपक शाही सहभागी रहेको थिए ।