१२ जेठ, धादिङ – दलाल संग मिलेर आफ्नै छोरीलाई बिक्रीका लागि भारत लैजादै गर्दा नुवाकोट जिल्लाको उर्लेनी गाविस ५ का ४८ बर्षिय फुर्व भनिने विरवहादुर तामाङ पक्राउ परेका छन् ।
नुवाकोट उर्लेनीकी अन्दाजी १८ वर्षिया किशारीलाई जागिरको प्रलोभन देखाएर बेचबिखनको लागि भारत लगिँदै गरिएको भन्ने बिशेष सुराकीको आधारमा प्रहरीले मंगलबार तामाङसँगै झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर ११ बस्ने ४३ बर्षिय प्रकाशकुमार आचार्यलाई धादिङको नौविसेबाट पक्राउ गरेको हो।
आचार्य लामो समयदेखि चेलिबेटी बेचविखन कार्यमा संलग्न रहंदै आएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने तामाङ र आचार्यको जिल्ला प्रहरी कार्यलय धादिङमा अनुसन्धान भइरहेको जनाइएको छ ।