Tue. Apr 22nd, 2025

पुस्तक समिक्षा : सुखको घाम जुन नउँदाउने “सल्लीपिर”

sallipirपुष्पराज दुवाडी – नेपालगन्जका लेखक नयनराज पाण्डेद्धारा लिखित उपन्यास सल्लीपिर पढे । खबुज र करोडौ कस्तुरी पछि पढेको उपन्यास यहि थियो । तराइ भागकोे कथा उर्ताने लेखकको हिमालको विषयबस्तु समेटेको सल्लीपिर पढीरहदा कैले पुगे होला लेखक खुम्बु क्षेत्र भन्ने लागिरहन्छ ।
उलार,लु अनि घामकिरी पढेपछि छोड्न चाहिन यो र्भखरै बजारमा आएको आख्यान सल्लीपिर लाई ।

अक्सर उपन्यासमा जस्तो पात्रहरुमा एक किसिमको भद्धा गुण भिराइदिएर गह्ङगो कथा बोकाएको छैन सल्लीपिरले । छोटा छोटा वाक्य, धेरै पात्र आइरहने र गइरहने हुदा पनि पाठकलाई सम्झन अप्ठ्यारो बनाउदैनन् । थोरै नेपाली लेखकले उठाएको स्थल खुम्बु क्षेत्र, र्शेपाका जीवनशैलि बौद्ध संस्कृति र साधारण मानिसका साधारण दैनिकी टपक्क टिपेर पस्कन लेखक सफल भएका छन । समग्रमा दुःख नै दुुःखको हिमतालमा र्चुलुम्म डुबेको छ ‘सल्लीपिर ’

उत्कृष्ट काव्यको कथा एकै सासमा भन्न अप्ठ्यारो हुन्छ । सल्लीपिरको कथा पनि एकै चोटी भन्न सकिन्न । कहिल्यै हिमाली क्षेत्रमा नपुगेका पाठकलाई बौद्ध र्धमालम्बी तामाङ र र्शेर्पाका रहनसहन, दुःख नजिकबाट नियाल्न सफल छ उपन्यास सल्लीपिर । लेखकको कलममा छेसेन गाँउ, रातनागे डाडा, नाम्चे सल्लेरी, आधार शिविर सगरमाथा क्षेत्र र सिङगो खुम्बु क्षेत्रमा कहिल्यै सुखको घाम जुन देखिदैन । देखिन्छ त केवल निस्वाश्व लाग्दो छटपटि, पिडा र बिछोडका क्रन्दन मात्रै ।

कर्मा र पेमाको बालापन,अभिभावकबाट छुट्एिको पिडा विबाह र विबाह लगतै चौरी चराउन तय भएको तिव्बत तर्फको यात्रा पढिरहदा थकाइ, निश्वास र डर एकै चोटी लाग्छ पाठकलाई । चुनाबको समयमा मात्रै नेता दलबहादुर बाट प्रयोग भएको दावाले पनि नेपाली राजनितिलाई चुस्स घोच्छ । सगरमाथा आरोहणका लागि भारी बोकेर जीवन चलाउन बाध्य दावा ग्याल्जेन अनि अन्य युवाहरुको सगरमाथामै भएको अन्त्यले थप पिडा दिन्छ । निरक्षर पेमाले आफ्नो छोरालाई किताब किन्न काठमान्डौ जादा माओवादी दन्द्धले दिएको पिडा असह्य छ ।

उपन्यास पढ्दै गर्दा धेरै ठाँउमा लेखक फितलो रुपमा प्रस्तुत भएका छन् । लेखकले पात्रको दैनिकी उर्तान धेरै शब्द खर्चेका छन् । कथा भित्रका कथाले पाठकलाई थप अन्योलमा पुर्याउछ । बार बार प्रयोग भइरहेका गितले कता कता अल्छी लगाउछ । बौद्ध संस्कृतीलाई देखाउदै गर्दा पनि चौरी काटेर मानविय आवश्यकता र व्यावधान खुकुलो बनाइदा कता कता असहज लाग्छ । अन्त्यमा फिल्मीशैलीमा पुनरागमन भएको पेमालाई देख्दा उपन्यास तन्काइएको प्रष्ट हुन्छ ।

समग्रमा उपन्यास जतिसुकै दुःखमा पनि आशाको त्यान्द्रो चुडाउन हुन्न भन्न भ्याएको छ ।ब्राजिलियन लेखक पाहुल्वो कोहेलोको बहुचर्चित उपन्यास अल्कामिष्टको पनि सम्झना हुन्छ सल्लीपिर पढिरहदा । जस्ले दुखमा हरेस नखानु र लक्ष्य प्रति न्याय गर्न सिकाउछ । बाबु आमाले सन्तानका निम्ती देखाएको अतुलनिय प्रेम हिउ जस्तै सेताम्य भएको छ उपन्यास भरि ।

पुस्तक : सल्लीपिर (उपन्यास)
लेखक : नयनराज पाण्डे
प्रकाशक : फाइन प्रिन्ट
पृष्ठ : २२९
मुल्य : ३४८

About The Author

अन्य समाचारहरु: