इन्टरनेशनल मेडिकल क्रप्स ( International Medical Corps (IMC ) संगको साझेदारीमा सहयात्री समाज नेपालले संचालन गर्न लागेको स्नेह केन्द्र कालागि जिल्लाको मूलपानी, त्रिपुरेश्वर, नलाङ, भुमेस्थान गाविस र नीलकण्ठ नगरपालीकामा काम गर्नका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता भएकोले इच्छुक योग्यता पुगेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्र सहित आवेदन दिनुहुन आव्हान गरिन्छ ।
…..विवरण…..
पद : तथ्यांक व्यवस्थापक तथा सह संयोजक
संख्या : १ जना
योग्यता र प्राथमिकता
– स्नातक उतिर्ण गरेको
– तथ्यांक व्यवस्थापन तथा प्रतिवेदन लेखन कार्यमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव भएको
– अंग्रेज र नेपाली भाषा अनुवाद गर्न सक्ने क्षमता भएको
– कम्प्युटर दक्षता भएको (नेपाली र अंग्रेजी दुबै टाइप गर्न सक्ने)
– तथ्यांक व्यवस्थापनका लागि आवश्यक फर्मेट तयार गर्न सक्ने सीप भएको
– महिला, दलित, जनजाती र पछाडी पारिएको समुदायलाई पहिलो प्राथामिकता दिइने छ ।
पद : प्रशिक्षक /फिल्ड सहायक
संख्या : १ जना
योग्यता र प्राथमिकता
– स्नातक उतिर्ण गरेको
– लैङ्गिकताको आधारमा हुने हिंसा विरुद्ध कम्तिमा ३ वर्ष काम गरेको अनुभव भएको
– तालिमको सहजीकरण गर्नसक्ने क्षमता भएको
– विषयसुचि, तालिम निर्देशिका र तालिम सामाग्री निमार्ण गर्न सक्ने क्षमता भएको
– कम्प्युटर दक्षता भएको ।
– अंग्रेजी र नेपाली भाषा दुबैमा तालिम सामाग्रीहरु निमार्ण गर्न र प्रतिवेदन तयार गर्न सक्ने
– महिला, दलित, जनजाती र पछाडी पारिएको समुदायलाई पहिलो प्राथामिकता दिइने छ ।
पद : लेखापाल
संख्या : १ जना
योग्यता र प्राथमिकता
– लेखा तथा व्यवस्थापन संकायमा स्नातक तह उतिर्ण
– सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको
– लेखा सम्बन्धि सफ्टवेयरहरु(द्यगकथ घ।छ र क्mबचत ) चलाउन सक्ने
– कम्प्युटर दक्षता भएको ।
– महिला, दलित जनजाती र पछाडी पारिएको समुदायलाई पहिलो प्राथामिकता दिइने छ ।
पद : लेखा साहायक/अनुवादक
संख्या : १ जना
योग्यता र प्राथमिकता
– एस.एल.सी (अंग्रजी विषयमा सर्वेात्कृण्ट अंक प्राप्त गरेको )
– लेखा व्यवस्थापन तथा अनुवादको रुपमा काम गरेको कम्तिमा १ वर्षको अनुभव भएको
– अंग्रजी नेपाली भाषिक रुपमा दक्ष
– कम्प्युटर सीप भएको
– लेखा व्यवस्थापन सीप भएको
– संस्थाको विल भपाई वा अन्य कागजात नेपाली र अंग्रजी दुबै भाषमा अनुवाद गर्न सक्ने
पद : स्नेह केन्द्र इन्चार्ज
संख्या : ३ महिला
योग्यता र प्राथमिकता
– स्नातक उर्तिण गरेको
– लैङ्गिकताको आधारमा हुने हिंसा विरुद्ध कम्तिमा ३ वर्ष काम गरेको अनुभव भएको
– समन्वय, सहकार्य र जनसम्पर्क गर्न सक्ने क्षमता भएको
– कार्यालयको व्यवस्थापन र कर्मचारी व्यवस्थापनको सीप भएको
– सहजीकरण गर्ने र प्रतिवेदन लेख्न सक्ने सीप भएको
– दलित, जनजाती र पछाडी पारिएका महिलाहरुलाई विशेष प्राथामिकता दिइने छ ।
पद : मनोसामाजिक विमर्शकर्ता
संख्या : २ महिला
योग्यता र प्राथमिकता
– स्विकृत प्राप्त संस्था वा तालिम केन्द्रबाट मनोसामाजिक विमर्श सम्बन्धि कम्तिमा पनि ६ महिनाको तालिम प्राप्त गरेको
– सम्बन्धित क्षेत्रमा कम्तिमा पनि १ वर्ष काम गरेको अनुभव भएको
– मनोसामाजिक विमर्श गर्न सक्ने सीप भएको
– प्रतिवेदन तयार गर्न सक्ने
– विभिन्न सरोकारवालाहरुसंग समन्वय र सहकार्य गर्न सक्ने क्षमता भएको
– घटनाको अभिलेखिकरण गर्ने र आवश्यक प्रकृया अगाडी बढाई घटना व्यवस्थापन गर्न सक्ने क्षमता भएको
– दलित, जनजाती र पछाडी पारिएका महिलाहरुलाई विशेष प्राथामिकता दिइने छ ।
पद : अ.न.मी
संख्या : ६ महिला
योग्यता र प्राथमिकता
– स्विकृत प्राप्त संस्थाबाट अ.न.मी पास गरेको
– सम्बन्धित क्षेत्रमा कम्तिमा पनि १ वर्ष काम गरेको अनुभव भएको
– सेवाग्राहीहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धि मनोविमर्श गर्न सक्ने क्षमता भएको
– तालिम, अभिमुखिकरणहरुको सहजीकरण गर्ने, तालिम सामाग्री निमार्ण गर्ने र प्रतिवेदन तयार गर्न सक्ने क्षमता भएको
– दलित, जनजाती र पछाडी पारिएका महिलाहरुलाई विशेष प्राथामिकता दिइने छ ।
पद : केस वर्कर (Case Worker)
संख्या : ४ महिला
योग्यता र प्राथमिकता
– मान्यता प्राप्त शैक्षिक संस्थाबाट +२ पास गरेको
– लैङ्गिकताको आधारमा हुने हिंसा विरुद्ध कम्तिमा १ वर्ष काम गरेको अनुभव भएको
– घटना अभिलेखिकरण र व्यवस्थापन गर्न सक्ने सीप भएको
– समन्वय, सहकार्य गर्न सक्ने क्षमता भएको
– तालिम, अभिमुखिकरणहरुको सहजीकरण गर्ने, तालिम सामाग्री निमार्ण गर्ने र प्रतिवेदन तयार गर्न सक्ने क्षमता भएको
– यस पदमा महिलाहरुले मात्रै निवेदन दिन पाउने छन्
– दलित, जनजाती र पछाडी पारिएका महिलाहरुलाई विशेष प्राथामिकता दिइने छ ।
पद : हेड आउटरिच वर्कर (Head Out reach worker )
संख्या : १ महिला
योग्यता र प्राथमिकता
– मान्यता प्राप्त शैक्षिक संस्थाबाट +२ पास गरेको
– लैङ्गिकताको आधारमा हुने हिंसा विरुद्ध कम्तिमा ३ वर्ष काम गरेको अनुभव भएको
– समुदायमा तालिम, अभिमुखिकरण र बैठकहरुको सहजीकरण गर्न सक्ने सीप भएको
– समुदायमा घुलमिल हुने र कुरा बुझाउन सक्ने क्षमता भएको
– यस पदमा महिलाहरुले मात्रै निवेदन दिन पाउने छन्
– दलित, जनजाती र पछाडी पारिएका महिलाहरुलाई विशेष प्राथामिकता दिइने छ
पद : आउटरिच वर्कर (Outreach worker )
संख्या : महिला ९ जना, पुरुष ५ जना
योग्यता र प्राथमिकता
– मान्यता प्राप्त शैक्षिक संस्थाबाट +२ पास गरेको
– लैङ्गिकताको आधारमा हुने हिंसा विरुद्ध कम्तिमा १ वर्ष काम गरेको अनुभव भएको
– समुदायमा तालिम, अभिमुखिकरण र बैठकहरुको सहजीकरण गर्न सक्ने सीप भएको
– समुदायमा घुलमिल हुने र कुरा बुझाउन सक्ने क्षमता भएको
– यस पदका लागि सम्बन्धित कार्यक्षेत्रको व्यक्तिलाई प्राथामिकता दिइने छ ।
– दलित, जनजाती र पछाडी पारिएका समुदायका व्यक्तिहरुलाई विशेष प्राथामिकता दिइने छ
निवेदन पेश गर्ने मिति , स्थान र आवश्यक कागजात,
– निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी र वायोडाटा (CV) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
– सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र वा २०७३ जेठ ९ गते कार्यालय समय आवेदन पेश गरी सक्नु पर्ने छ ।
– तलब संस्थाको कर्मचारी नियमावली र परियोजनामा व्यवस्था भए अनुसार हुनेछ ।
– दरखास्त बुझाउने ठाउँः– सहयात्री समाज नेपालको कार्यालय, सी.पी चोक धादिङ, मूलपानी, त्रिपुरेश्वर, भुमेस्थान र नलाङमा रहेका स्नेह केन्द्रहरु
वा संस्थाको इमेल ठेगाना : [email protected]
सम्पर्क नं. :– ०१०५२०५४४
परिक्षाको किसिमः– सुचि संझेपीकरण, लिखित र मौखिक
नोट :– सुचिकृत भएका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षाकालागि वोलाइने छ । निवेदकले आफ्नो सम्पर्क नम्वर अनिवार्य उल्लेख गर्नुहोला ।