Tue. Apr 22nd, 2025

साना सवारी हटाइँदै, उपत्यकामा अब ठूला बस मात्र चल्ने

biddhutiye-bus1

जेठ १- सरकारले सार्वजनिक यातायातमा पुरानो नीतिगत निर्णय पुनरावलोकन गर्दै उपत्यकामा ठूला सवारी साधन मात्रै चल्न पाउने व्यवस्था गर्ने भएको छ । साना सवारी साधनका कारण यात्रीलार्इ सास्तीसँगै सडक समेत बढी ओगटेर जाम बढाएको निष्कर्ष निकाल्दै ठूला सवारी साधन मात्रै चलाउने व्यवस्था गर्न लागेको हो ।

एसियाली विकास बैंकको सहयोगमा दिगो सहरी यातायात विकास आयोजनाको ‘मास ट्रान्सपोर्टेसन’ योजना अनुसार विभागले साना सवारी साधनहरु विस्थापित गरेर ठुला सवारी साधनहरु चल्ने छुट्टै रुटको ‘पाइलटिङ’ गर्न लागेको हो ।

हाल काठमाडौंमा दस हजार ठुला तथा साना सवारी साधनहरुले अनुमति पाएको र ती मध्ये तीन सय समितिका सवारी साधन छ । उपत्यकाभरी दुई सय वटा रुटमा ती सवारी साधनहरु आवतजावत गर्छन् । विभागको काठमाडौंका सवारी साधन घटाएर तीन हजार पुर्‍याउने र रुट ६६ वटा कायम गर्ने लक्ष्य राखेको छ ।

About The Author

अन्य समाचारहरु: