Tue. Apr 22nd, 2025

भुकम्पमा परि ज्यान गुमाएकाहरुको वार्षिकी गरिंदै

३१ बैशाख, धादिङ – गएको वर्षको भूकम्पमा परी ज्यान गुमाउनेहरुका आफन्तहरुले शुक्रबार वार्षिकी गर्दैछन् । तिथि अनुसार गएको वर्षको वैशाख १२ गते बैशाख शुक्ल सप्तमी तिथि थियो । त्यसैअनुसार केही दिन ढिला गरी आज तिथिअनुसार विशेष गरी हिन्दू धर्मावलम्बीहरुले शुत्र,बार वार्षिकी गरिरहेका छन् ।

अन्य धर्म मान्नेले भने गते वा तारिखअनुसार फरक समयमा पनि वार्षिकी गरेको तर हिन्दूहरुको आज परेको नेपाल पंचाग निर्णायक समितिका अध्यक्ष प्रा।डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । दिवंगत तिथिमा वार्षिकी अथवा श्राद्ध गर्ने परम्परा छ ।

गत वर्षको भूकम्पले अतिप्रभावित १४ जिल्लामा ८ हजार ६ सय २३, प्रभावित १७ जिल्लामा ४४ र बाँकी जिल्लामा ३३ गरी ८ हजार ७ सय २ जनाको मृत्यु भएको तथ्यांक छ ।

About The Author

अन्य समाचारहरु: