Fri. Mar 14th, 2025

श्रोताहरुको मायाले सफल छु : गायक अधिकारी

santoshगीतसंगीत मानिसलाई जीवनको सारथी पनि हो । मानिसले हरेक अवस्थामा संगीतको भरपूर प्रयोग गरिरहेको हुन्छ । समाजमा हुने विभिन्न धार्मिक तथा साँस्कृतिक उत्सव तथा चाडर्वमा यसले छुट्टै रौनक ल्याइदिन्छ । साथीहरु भेट भएको अवस्थामा होस् या एकान्तमा मानिसहरुले संगीतको मज्जा लिइरहेका हुन्छन् । अहिले गीत संगीतमा नयाँ कलाकारहरुको आगमन बढ्ने क्रम रहेको छ । राजधानी नजिक रहेको धादिङ जिल्लामा पनि नयाँ कलाकारहरुको आगमन बढिरहेको छ । विं स. २०४९ साल असोज १८ गते धादिङको  नलाङ ७ बैरेनीमा जन्मि हाल पोर्चुगलमा रहनुभएका सन्तोष अधिकारीको ३ वटा एल्बम बजारमा आइसकेको छ । अहिले तेस्रो एल्बम रोदन बजारमा ल्याएका गायक अधिकारीसँग पाविलन्युज डटकमका कार्यकारी सम्पादक सरिता श्रेष्ठले गरेको कुराकानी

के गर्दै हुनुहुन्छ आजकाल ?
अहिले विदेशमा छु । भर्खरै बजारमा आएको नयाँ एल्बम रोदनको शिर्ष गीत दिलमा घाउ को प्रोमोसनमा छु ।

कतिवटा गीतसंगीत बजारमा आयो ?
हाल सम्म २ ओटा एल्बम बजारमा आएको छ । अहिले भर्खरै मात्र तेस्रो एल्बमको रुपमा रोदन बजारमा ल्याएको छु । त्यसमा समेटिएको दिलमा घाउ गीत चर्चामा रहेको छ ।

rodan

 पछिल्लो समयमा आएको गीत रोदनको बारेमा बताइदिनुहोस् न ?
रोदनभित्र एक मार्मिक विषयबस्तुहरु समेटिएको छ । माया प्रेमका विषयबस्तुहरु पनि प्राथमिकतामा परेको छ । यसको म्युजिक भिडियो पनि भर्खरै मात्र सार्वजनिक भएको छ । दर्र्शक तथा श्रोताहरुले धेरै मन पराइदिनु भएको छ । दिलमा घाउ बिल्कुलै बियोगान्त गीत हो । मायामा धोका खाएकाहरुको लागि बनाएको छु ।

यसमा कस्ता कस्ता खालका गीतहरु समेटिएको छ ?
यो एल्बममा गजल तथा आधुनिक गीतहरु छन् । बाकी गीतहरु पनि ल्याउने कोसिसमा छु ।

नेपाल बाहिर हुनुहुन्छ, स्वदेशी भूमिको माया कत्तिको लाग्छ ?
जहाँ भएनी नेपाल र नेपाली संगीतलाई कहाँ भुल्न सकिन्छ । धेरै याद आउँछ आफ्नो माटोको । त्यसैले त नेपाल बाहिर भपनि नेपाली सुगम संगीतलाई माया गरेको छु र श्रोताहरुलाई आफ्नो सिर्जना दिइरहेको छु ।

santosh adhikari

कसरी लाग्नुभयो यो क्षेत्रमा ?
एसएलसी पछि काठमाडौ छिरेर संगीतको निरन्तर प्रशिक्षण गरे २ बर्ष साधना कला केन्द्रमा सिके । गुरु प्रकाश गुरुङसंग पछि ३ बर्ष गुरु चन्डी प्रसाद काफ्लेसंग शास्त्रिय संगीत सिके । आफ्नो सङगितिक यात्रा सुरु गरे । सानोमा विद्यालयमा हुँदा खुब गीत गाइन्थ्यो । मेलापातमा पनि गीत गाइथ्यो । गाँउमा हुने विवाह, ब्रतबन्ध लगायतका चाडपर्वमा दोहोरी गाउने गरेको छु ।

कत्तिको सफलता हाँसिल गर्नुभएको छ ?
यो क्षेत्रमा लाग्नेहरुको लहर नै चलेको छ । दिनप्रतिदिन नयाँ नयाँ कलाकारहरुको आगमन छाएको छ । जति गायकहरु आएका छन् त्यति नै स्थापीत हुन गाह्रो छ । आजसम्म बजारमा आएका गीतहरु श्रोताहरुले मन पराइदिनु भएको छ । त्यसैले श्रोताहरुको मायाले सफल नै छु । आफ्नो सिर्जनाहरु आज सम्म श्रोताहरुले माया गरिदिनु भएको छ त्यसको सन्तुष्टमा नै खुसी छु ।

स्कुले जीवनका यादहरु बताउन सक्नु हुन्छ ?
स्कुले जिवनमा धेरै ठाँउमा पुगिन्थ्यो गीत गाउन । राम्रो गाउँछौँ गीतहरु रेकर्ड गर्नु पर्छ भनेर हौसला दिनु हुन्थ्यो । गुरु तथा साथीहरुले । पढाइमा पनि राम्रो थिए । विद्यालयमा हुने प्रतियोगीतामा भाग लिने तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा मेरो सहभागीता अनिवार्य हुने गर्दथ्यो ।

santosh awrd

कुनै पदक, अर्वाडहरु पनि जित्नु भएको छ कि ?
मैले गाएको गीतहरु अर्वाडका लागि धेरै ठाँउमा नोमिनेसनमा परेको छ । उत्कृष्ठ ६ मा धेरै पटक परेको छ । जन दृष्टिकोण म्युजिक अवार्ड, दृष्टिकोण म्युजिक अवार्ड, म्युजिक खबर अवार्ड, नेशनल म्युजिक अवार्ड लगायतका धेरै अवार्डमा मनोनयनमा परेको थियो । केहीमा सफलता हासिल गरे भने केही असफल गरे । मेरो निकै चर्चित गजल मज्जा छुट्टैले मलाइ राप्ती म्युजिक अवार्डको उत्कृष्ट नव गायकमा अवार्ड जित्न सफल भए ।

लोकसंगीतको क्षेत्रमा विकृति आएको छ भन्ने गरिन्छ नी ?
तपाइले एकदम राम्रो र सान्दर्भिक प्रशन उठाउनु भयो । लोक संगीतमा मात्रा नभएर पूरा संगीत क्षेत्रमा नै विकृति छ किनकी आजभोलिका गीतसंगीत सिर्जनामुखी भन्दानी पैसा मुखी भयो जसले गर्दा संगीतको सा रे ग म थाहा नहुने मान्छेहरु पनि यो क्षेत्रमा लागेका छन । जसले गर्दा सांगितिक धरातल झन कमजोर बन्दै छ । गुणस्तरिय सिर्जना आउन छोडे । एक संगीत क्षेत्र सिर्जना मुखी भन्दा पनि पैसा मुखी भयो । र प्रबिधिले पनि धेरै असर गरेको छ । अहिले मोबाइलको मेमोरि, पेनड्राइभहरुमा गीत राखेर सुन्ने गरिन्छ । सिडि किनेर गीत सुन्ने प्रचलन हराएको छ । यसले गर्दा पनि हामीलाई बाच्न कठिन भएको छ ।

santosh add

विकृति रोक्न के गर्नुपर्ला ?
यो बिकृति रोक्न धेरै गाह्रो छ किनकी हामीले प्राविधिलाई कसरी रोक्न सक्छौ र ? मेरो विचारमा आधिकारिक साङ्गितिक सस्थाहरुले कुनै बलियो प्राबधान लेराउनुपर्दछ । त्यसलाई हामी संगीतकर्मी सन्चारकर्मी एक भएर साथ दिनुपर्छ । र संगीत क्षेत्रमा आउन चाहानेहरु रहरले होइन केही सिकेर आउदा राम्रो हुन्छ जस्तो लाग्छ ।

About The Author

अन्य समाचारहरु: