Tue. Nov 26th, 2024

धादिङको सल्यानकोट गाविसलाई पूर्ण खोप गाविस घोषणा

khop 4
२० बैशाख, धादिङ – धादिङको सल्यानकोट गाउँ विकास समितिलाई पूर्ण खोप गाविस घोषणा गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय धादिङ र सल्यानकोट स्वास्थ्य चौकीको संयूक्त आयोजना तथा कोशोक नेपाल, युनाइटेड मिसन टू नेपाल, नेपाल रेडक्रस सोसाइटि धादिङ र सिड्स धादिङको संयुक्त साझेदरीमा गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको हो ।

khop 2

स्थानिय स्वामित्व र सहभागितापूर्ण खोप सुनिश्चितता, सल्यानकोट बासीको प्रतिबद्वता भन्ने नारा सहित सोमबार सल्यानकोट ७ मा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको हो ।

१२ महिना देखि २३ महिना सम्मका सबै बालबालिका र एक बर्ष उमेर भएका बालबालिकाले पूर्ण खोप पाएको घोषण गरिएसगँै गाविसलाई पुर्ण खोप गाविस घोषण गरिएको हो । यस गाविसमा १ सय ५ जना बालबालिकाहरुलाई पूर्ण रुपमा खोप दिइएको थियो । धादिङमा सल्यानकोट गाविस चोथौ गाविस हो । यस अघि साविकको मुरलीभन्ज्याङ, मैदि र ढोला गाविस पूर्र्ण खोप गाविस घोषण भैसकेको छन् ।

khop 3

सल्यानकोट गाविस का सचिव रुपक अधिकारीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा पूर्व सभासद पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस धादिङका नेता बासुदेव तिमिल्सेना, जिल्ला जनस्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य प्रमुख जिवन कुमार मल्ल , डब्लु एच ओका डाक्टर बसुधा नेपाल , जिल्ला स्वास्थ्य कार्यलय धादिङका खोप अधिकृत शरद प्रसाद आचार्य गाविसका स्वास्थ्य स्वंयमसेबिका र सल्यानकोटका स्थानियहरुको सहभागिता रहेको थियो ।

khop 5

About The Author

अन्य समाचारहरु: