Tue. Nov 26th, 2024

बूढीगण्डकी जलविद्युत् निर्माण गर्न गोरखाका दल प्रतिबद्ध

Budhigandaki-hydro-3 (1)२० बैशाख गोरखा –एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा गोरखामा क्रियाशील विभिन्न राजनीतिक दलले सघाउने प्रतिबद्धता जनाएका छन् ।

दिनहुँ विद्युत्भार कटौती बढिरहेको भन्दै उनीहरूले द्रुतगतिमा आयोजना निर्माण गर्नुपर्नेमा जोड दिए । उनीहरूले गोरखा र धादिङको सीमामा बूढीगण्डकीमा बाँध बाँधेर विद्युत् उत्पादन गर्दा समग्र देशको आर्थिक विकासमा कायापलट हुने विश्वास व्यक्त गरे ।

बूढीगण्डकी आयोजना निर्माणमा सघाउनका लागि नेपाली काँग्रेस गोरखाले आईतबार आयोजना गरेको अन्तक्र्रियामा बोल्दै बूढीगण्डकी विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले आयोजना निर्माणको कामलाई तीव्रता दिइने बताए । आयोजनाको काम समितिले गर्ने कि कम्पनी मोडलअनुसार गर्ने भन्ने टुङ्गो सरकारले लगाइसकेको छैन ।

नेपाली काँग्रेस सरकारमा नरहे पनि आयोजना निर्माणमा सक्दो सघाउने प्रतिबद्धता जिल्ला सभापति हरिबहादुर घलेले गरे । प्रभावित क्षेत्रका स्थानीय जनतालाई मुआब्जा दिएर वैकल्पिक, सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउँदै उनले भूकम्पपछिको पुनःनिर्माण अभियानकै क्रममा प्रभावित क्षेत्रका बासिन्दालाई पनि अन्यत्र सार्न सरकारलाई सुझाव दिए ।

भूकम्पले भत्काएको आयोजना निर्माणस्थलमा रहेका विद्यालय, स्वास्थ्य चौकी, गाविस भवनलगायत संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्ने राजनीतिक दलका प्रतिनिधिले बताएका छन् । रासस

About The Author

अन्य समाचारहरु: