Sat. Mar 15th, 2025

रकेट आक्रमणमा तीन सैनिक मारिए

१९ वैशाख, अङ्कारा – टर्कीमा प्रतिबन्धित पार्टी कुर्दिस वर्कर पार्टी ९पिकेके० ले आइतबार गरेको एक रकेट आक्रमणमा तीन सरकारी सैनिकको मृत्यु भएको छ।

टर्कीको दािक्षणपश्चिम इलाकामा गरिएको यस आक्रमणमा परी अन्य १४ जना सैनिक घाइते भएका टर्की सैनिकद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

आइतबार विहान सिरियाको सीमाक्षेत्रमा रहेको मर्दिन प्रान्तको नुसेबिन सहरमा टर्की सैनिकद्धारा पिकेकबिरुद्ध जारी कारबाहीको क्रममा तीन सैनिकको मृत्यु हुनुको साथै अन्य १४ घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ।

टर्की सरकार र पिकेकेबीच जारी युद्दविराम गत जुलाईबाट तोडिएपछि टर्की सैनिकले जारी राखेको कारबाहीको क्रममा हजारौं पिकेके सदस्यहरु मारिएका छन्, भने २६० भन्दा बढी सुरक्षा अधिकारीहरुले पनि ज्यान गुमाएका छन्। रासस/एएफपी

About The Author

अन्य समाचारहरु: