१५ बैशाख, धादिङ – सरकारले ‘एक गाउँ, एक पशु सेवा प्राविधिक’ कार्यविधि अन्तरगत ५ सय जना पशु सेवा तथा स्वास्थ्य प्राविधिक पदमा दरखास्त आवेदन माग गरेको छ ।
नायव पशु सेवा प्राविधिक र नायव पशु स्वास्थ्य प्राविधिक गरी दुई पदमा समान २५० जना माग गरिएको हो । धादिङ जिल्लामा ८ जनाको माग रहेको छ ।
पशुविकास मन्त्रालय अन्तरगत पशुसेवा विभागले जिल्लाअनुसार छुट्टाछुट्टै कोटा निर्धारण गरेर ५ सय प्राविधिक भर्ना गर्न लागेको हो ।
सरकारले धादिङसहित ७३ जिल्लाका लागि पशु प्राविधिकको माग भएको छ । पशु प्राविधिक अन्तरगत करारमा सेवा गर्न चाहनेले वैशाख २९ गतेसम्म आवदेदन दिनुपर्ने विभागले जनाएको छ ।
यसका लागि एसएलसी उर्त्तीण भएर पुश विज्ञान, पशु स्वास्थ्य र पशुपालनमा जीटिए पास गरेको वा यही विषयमा टी९एसएलसी गरेको हुनुपर्नेछ । कार्यालयले चितवनमा ४ जना, मकवानपुरमा ६ जना, धादिङमा ८ जना, रौतहटमा १३ जना, बारामा ११ जना, पर्सामा १२ जना र नवलपरासीमा १० जना पशु सेवा तथा स्वास्थ्य प्राविधिक माग गरेको छ ।