Tue. Nov 26th, 2024

भुकम्पले भत्काएका धादिङका विद्यालयमा ‘रमाइलो विद्यालय अभियान’

ramrilo-school 2
मनिष दुवाडी / १५ बैशाख, धादिङ – गत वैशाख १२ गतेको विनाशकारी भुकम्पबाट धादिङका ३ सय ८७ वटा विद्यालयहरु पुर्ण रुपमा ध्वस्त भए । शैक्षिक सत्र सुरु भएसंगै आएको विनाशकारी भुकम्प कारण ढुङगा र माटोको संरचनाबाट बनाइएका सवैजसो विद्यालय भत्किएपछि पठनपाठन पनि नराम्रोसंग प्रभावित भयो ।

करिव २ महिनापछि अस्थायी सिकाइ केन्द्र र त्रिपालहरु राखेर पठनपाठन सुचारु गरिएको धादिङको सुनौलाबजारका प्राथमिक विद्यालयहरुमा यतिबेला ‘रमाइलो विद्यालय अभियान’को साथमा कोरियालीहरुको सहयोगमा भुकम्प प्रतिरोधात्मक विद्यालयहरु बनाउन थालिएको छ । कोरियाको ‘ग्योङगी दो स्टेट’ र सर्भिस फर पिस कोरियाको सहयोगमा सुनौलाबजारका ५ वटा प्राथमिक विद्यालय र एउटा निम्न माद्यमिक विद्यालय निर्माण भएको हो । भुकम्पले क्षतिग्रस्त बनाएका विद्यालयहरुमा रमाइलो विद्यालय अभियान संचालन गरि भत्किएका संरचनाहरुको पुननिर्माण र ब्यवस्थापन गरिएको हो ।

भुकम्पले विद्यालय नै तहसनहस बनाएपछि त्यहा पढ्ने बालबालिकाहरुमा पनि मनोवैज्ञानिक असर परेकाले उनीहरुलाइ फेरी रमाइलो बाताबरणमै विद्यालयमा फर्कने ब्यवस्था मिलाउनको लागि विद्यालयको नयाँ भवन निर्माण संगै रमाइलो विद्यालय अभियान संचालन गरिएको सर्भिर फर पिस नेपालका कार्यक्रम संयोजक उपेश कुमार श्रेष्ठले बताए । उनले भने, ‘भुकम्पबाट त्रसित बनेका विद्याथीहरुमा फेरी त्यस्तै भवन बसेर नपढ्ने हुनसक्छन, उनीहरुमा भवन भत्किएको डर र त्रास कायमै छ, त्यसैले विद्यालय भवनको निर्माण तहदेखी नै उनीहरुलाइ सहभागी गराइ विभिन्न रमाइलो कार्यक्रमका साथ भुकम्प प्रतिरोधी भवन निर्माण गरिएको देखाउन र उनीहरुलाइ फेरी विद्यालयमा नै ढुक्कका साथ पढ्न आउने बातावरण बनाउनको लागि भवन निर्माणको साथमा रमाइलो विद्यालय अभियान संचालन गरिएको हो ।’

विद्यालयको भवन बनाउन गत शैक्षिक सत्रदेखी नै सुरु गरिएको हो । अहिले केही विद्यालयहरु निर्माण सम्पन्न भइसकेका छन भने केही विद्यालयहरु निर्माणाधिन छन । नयाँ शैक्षिक सत्र नयाँ भवनबाटै संचालन गर्नेगरि विद्यालयको भवन निर्माण भइरहेको छ । विशेष गरि अति विपन्न र सीमान्तकृत समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालय छनौट गरि भवन निर्माण गरिएको भवन निर्माणका फिल्ड संयोजक अर्जुन कुमार श्रेष्ठले बताए ।’

ramrailo school 1

उनले भने, ‘विशेष गरि प्राथमिक विद्यालयहरु जसको सवै कक्षाकोठाहरु भत्किएका छन, जहाँ अति विपन्न र निम्न आयस्तर भएका समुदायका बालबालिकाहरु अध्ययन गर्छन, त्यस्ता विद्यालयहरु छनौट गरि जिल्ला शिक्षा कार्यलयको अनुमती र सिफारिसमा हामीले विद्यालयको भवनहरु निर्माण गरिरहेका छौ ।’ रमाइलो विद्यालय अभियान अन्तरगत अहिले सुन्दरादेवी प्राथमिक विद्यालय, रिजालथोक प्राथमिक विद्यालय, रघु निम्न माद्यमिक विद्यालय, चक्रदेवी प्राथमिक विद्यालय र नवलपुर प्राथमिक विद्यालय र रक्तकाली प्राथमिक विद्यालय र जलकन्या प्राथमिक विद्यालय भवन निर्माण सम्पन्न भइसकेको छ ।

अहिले विद्यालयको भवन निर्माण गरिएको र पछि विद्यालयलाइ हस्तानतरण गरिएपछि आफुहरुले बनाइदिएका कक्षाकोठाहरुमा बालमैत्री शैक्षिक सामाग्री राख्ने देखी फर्निचरहरुपनि बालमैत्री ढङगबाट निर्माणगरिने सर्भिर फर पिस नेपालका कार्यक्रम संयोजक श्रेष्ठले बताए । ‘अहिले भवन बनाएका छौ अव कक्षा संचालन भएसंगै बालबालिकाहरुलाइ कक्षाकोठामा आकर्षित गराउनको लागि बालमैत्री कितावहरु, खेलकुदका सामाग्रीहरु हामी प्रत्येक कक्षाकोठामा राख्ने छौँ । जसले गर्दा कक्षाकोठाको बाताबरण र सिकाइ क्रियाकलाप पनि रमाइलो बनोस ।’ श्रेष्ठले भने, ‘हामीले पहिलो चरण सुनौलाबजार र नीलकण्ठका प्राथमिक विद्यालयहरु बनाइरहेका छौ, अव आगामी दिनमा पनि दलित, सीमान्तकृत र अति विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने अन्य ठाउँका प्राथमिक विद्यालय छनौट गरि त्यहाँ पनि नयाँ भवन बनाउछौ ।’

सर्भिस फर पिस नेपालले सुरु गरेको रमाइलो विद्यालय अभियानमा विद्यालयका अभिभावकहरु र स्थानियहरुले पनि सहयोग गरेका छन । विद्यालय बनाउनको लागि जग्गा सम्याउने देखि भत्किएर छरपष्ट भएका भौतिक सामानहरुको ब्यवस्थापनमा सहयोग गरिरहेको जलकन्या प्राथमिक विद्यालय सुनौलाबजारका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चेतनाथ अधिकारीले बताए । उनले भने, ‘हाम्रो समुदायमा भएको विद्यालय हाम्रै गाँस कटाएरै हामीहरु आँफैले बनाउनुपथ्र्यौ, तर हामीलाइ भवन निर्माणदेखी भवन निर्माणमा चाहिने सवै निर्माण सामाग्रीहरुको ढुवानीसम्म सहयोग गर्नुभएपछि विद्यालयको सेवा क्षेत्रभित्रका सवै अभिभावकहरुको पनि विद्यालयको नयाँ भवन निर्माणको क्रममा उल्लेख्य सहभागीता रहेको छ ।’

About The Author

अन्य समाचारहरु: