९ बैशाख, धादिङ – विश्वका दुई अर्ब भन्दा धेरै मानिस जिका भाइरसको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
जिका भाइरस फैलिरहेको ठाउँको नक्सासहित सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार विश्वका दुई अर्ब २० करोड मानिस जिकाको बसोबास रहेको क्षेत्रमा जिका भाइरस फैलन सक्ने खतरा रहेको उल्लेख छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनको प्रतिवेदन इलाइफ जर्नलमा प्रकाशित भएको छ । अध्ययनका अनुुसार लामखुट्टे जीवित रहन सक्ने क्षेत्रमा जिका भाइरसको संक्रमण अनुमान गरे भन्दा धेरै डरलाग्दो गरी फैलिरहेको छ । अनुसन्धनकर्तामध्येका एक अक्फोर्ड विश्वविद्यालयका डा. ओलिभर ब्राडीले जिका भाइरसको संक्रमण बारे पहिलो पटक ठाउँको नक्सासहित अध्ययन प्रतिवेदन सार्वजनिक भएको बताए ।
अनुसन्धानकर्ताले अफ्रिका र एसियाका धेरै ठाउँमा पनि जिकाको संक्रमण हुन सक्ने खतरा रहेको बताएका छन् । यो प्रतिवेदनले जिका भाइरसको संक्रमण रोक्न केही मद्दत पुग्ने अनुसन्धनकर्ताले बताएका छन् । जिका भाइरसका कारण शिशुको मस्तिष्क असमान्य रुपमा सानो हुने गर्छ । दक्षिण अमेरिकाका धेरै क्षेत्रमा जिकाको संक्रमण फैलिरहेको अनुसन्धानकर्ताले पुष्टि गरेका छन् ।
एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइका कारण जिकाको संक्रमण हुन्छ । सबैभन्दा पहिले ब्राजिलमा देखिएको जिकाको संक्रमण फैलँदै क्यारेबियन राष्ट्र, अमेरिका र दक्षिण कोरिया लगायत देशमा पुगिसकेको छ । एजेन्सीको सहयोगमा