Thu. Feb 27th, 2025

धादिङ खाल्टेका ५० जना किसानलाई कृषि सामग्री वितरण

krisi-saman-action 1

६ बैशाख, धादिङ – धादिङको खाल्टे गाउँ विकास समितिका भूकम्प प्रभावित किसानहरुलाई कृषि सामग्री वितरण गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी ५० जना किसानहरुलाई सामाग्री वितरण गरिएको हो ।

एक्सन नेपाल र वल्र्ड भिजनको साझेदारीमा संचालित भूकम्प प्रतिकार्य (जीविकोपार्जन) परियोजना कार्यक्रम अन्तर्गत संचालन भईरहेको क्रियाकलाप अन्तर्गत भूकम्प प्रभावित किसानहरुलाई कृृषि सामग्री वितरण गरिएको हो ।

कृषि सामग्रीहरुको सहयोगको लागि भौचर वितरण पछि नीलकण्ठ नगरपालिका वडा नं. ३, पुछार बजारस्थित किशन एग्रो भेटबाट खाल्टेका ५० जना लाभदायीे किसानहरुलाई प्रति कृषक ७ हजार बराबरको विभिन्न कृषि सामग्रीहरु वितरण गरिएको हो ।

krisi-saman-action 2

कृषि सामग्री अन्र्तगत विषादी हाल्ने भाँडो लगायतका सामानहरु प्रदान गरिएको छ । कृषि सामग्री पाएपछि किसानहरु खुसी भएका छन् ।

संस्थाले जिवनपुर, गुम्दी, सल्यानकोट र कटुञ्जेमा पनि भौचर वितरण पछि कृषि समग्री वितरण गर्ने कार्यक्रम रहेको परियोजना संयोजक मुफिद आलमले जानकारी दिए ।

कार्यक्रममा एक्सन नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रताप शाह, कार्यक्रम व्यवस्थापक गणेश ढुंगाना, कार्यक्रम अध्रिकृत श्याम बजगाईं, परियोजना संयोजक मुफिद आलम र खाल्टे गाविसका सचिव बिर बहादुर दुवाडी लगायतको सहभागीता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: