Thu. Feb 27th, 2025

सल्यानकोटका किसानलाई उत्पादनोपरान्त क्षति व्यवस्थापन सम्बन्धी तालिम

trainng
५ बैशाख,  धादिङ – धादिङको सल्यानकोट गाउँ विकास समितिका भूकम्प प्रभावित किसानहरुलाई उत्पादनोपरान्त क्षति व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ ।

एक्सन नेपाल र वल्र्ड भिजनको साझेदारीमा संचालित भूकम्प प्रतिकार्य परियोजना (जीविकोपार्जन) कार्यक्रम अन्तर्गत तालिम संचालन गरिएको हो ।

तालिममा सुरक्षित बीउ तथा खाद्यान्न संचयमा पोष्ट हार्भेष्ट क्षति व्यवस्थापन, पोष्ट हार्भेष्ट प्रविधि, पोष्ट हार्भेष्ट क्षति, यसको असर, बजार योग्य गुणस्तरिय खाद्य वस्तुको उत्पादन, सुरक्षित अनाज तथा अनाज विऊ प्रविधि, बालि काट्दा/चुट्दा/ओसार्दा ध्यान दिनुपर्ने कुराहरु, रोग किराको नियन्त्रण, सवधानी, अनाज भण्डारण गर्नु अघि र पछि ध्यान दिनुपर्ने कुराहरु, अनाजमा किराको नियन्त्रणका लागि जडिबुटीको प्रयोग, संचित अनाज तथा बिउमा लाग्ने किराहरु र क्षतिको प्रकार यसको रोकथाम गर्न सक्ने उपायहरु विषादीको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानिहरु, खाद्य भण्डारणका स्थानिय स्तरमा प्रचलित विधिहरु आदिको बारेमा विस्तृत रुपमा जानकारी गराएको थियो ।

यसका साथै धान, गहुँ, मकै, प्याज, आलु, गोलभेडा लगायतका बालिहरुको उत्पादनोपरान्त क्षति व्यवस्थापनका प्रविधिहरुको बारेमा स्रोत व्यक्ति केदार नेपालले विस्तृत रुपमा सहजिकरण गरेका थिए । यसैगरि फलफूलमा पोष्ट हार्भेष्ट प्रविधिको भूमिका र अपनाउनुपर्ने विभिन्न उपायहरुको बारेमा विस्तृत रुपमा चर्चा गरिएको थियो । साथै श्रेणीकरण, भण्डारण (सोलार, स्टोर, सित भण्डारण) बन्दिकरण र ढुवानी सम्बन्धि सहजिकरण गर्नुभएको जीविकोपार्जन अधिकृत दिलिप ढकालले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: