२८ चैत, धादिङ – भारतको केरलामा रहेको एक मन्दिरमा आगलागी हुँदा ८६ जनाको मृत्यु भएको छ । घटनामा दुई सय भन्दा बढी मानिस घाइते भएका छन् ।
कोल्लमको प्रहरीका अनुसार पारावुरसिथ्त पुत्तिंगल देवी मन्दिरमा पूजासामग्रीबाट आगो सल्किएको थियो । घटना आइतबार बिहान झन्डै तीन बजेको समयमा भएको हो ।
मन्दिरमा वार्षिक उत्सवको आवसरमा विभिन्न कार्यक्रमसहित आतिशबाजी भएको थियो । उक्त कार्यक्रम हेर्ने हजारौ मानिस त्यहाँ भेला भएका थिए ।
आतिशवाजी सकिएपछि स्टोररुममा आगलागी भएको थियो । स्टोररुमा रहेका पूजाका सामान तथा पटाका पड्केर आगलागीले ठूलो रुप लिएको थियो ।
मृतकहरुमा प्रहरी पनि रहेका छन् । गम्भीर घाइते भएका ५० जनालाई त्रिवेंद्रम मेडिकल कलेजमा भर्ना गरिएको बीबीसीले जनाएको छ ।