२७ चैत, नवलपरासी – रोजगारीको सिलसिलामा मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी गठीप्रसौनी–२ का अभिषेक यादव रहेका छन् ।
दुई दिनदेखि ज्वरो आएपछि उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । बिहीबार अभिषेकको मृत्युबारे घरपरिवारलाई जानकारी आएको स्थानीय रवीन्द्र यादवले जानकारी दिए ।