२५ चैत, धादिङ – धादिङको गजुरी गाविसको श्रोत केन्द्र भवनमा बिहिबारदेखि आधारभुत सहकारी व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ ।
डिभिजन सहकारी कार्यलय धादिङको आयोजनामा लक्ष्मी महिला विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा तालिम संचालन गरिएको हो ।
संस्थाका अध्यक्ष विष्णु कुमारी श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका विज्ञ प्रकाश कुमार पाठक, रविन्द्र नाथ अधिकारी, डिभिजन सहकारी कार्यलय धादिङका प्रमुख कृष्णबहादुर बोहोरा, सहकारी निरिक्षक रामनाथ रेग्मीको उपस्थिति रहेको थियो ।
१३ ओटा सहकारीका ३० जना कर्मचारीहरुको सहभागीता रहेको तालिममा सहकारी संञ्चालन र व्यवस्थापन, ज्ञानसिप र सहकारी संघ संस्थामा सुशासन कसरी कायम गर्न सकिन्छ जस्ता विषयमा छलफल गरिने बताईएको छ ।