Sat. Mar 15th, 2025

भानुआटुमा ७.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

vanuautu
२१ चैत, धादिङ – दक्षिणपूर्वी एसियाको टापु राष्ट्र भानुआतुमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक संस्थाले नेपाली समय अनुसार आइतबार २ बजेर ८ मिनेटमा भूकम्प गएको जनाएको छ ।

राजधानी पोर्ट भिलाबाट ४०७ किलोमिटर उत्तरपश्चिम तथा पोर्ट ओलारीको ८१ किलोमिटर उत्तरपश्चिममा केन्द्रबिन्दु भएको भूकम्पको गहिराई ३५ किलोमिटर रहेको र जमिनबाटै नजिकैको समुद्रमा केन्द्रबिन्दु परेको अमेरिकी भौर्गिक विभागले मापन गरेको छ ।

भूकम्पबाट भएको क्षति विवरण प्राप्त भइसकेको छैन् । यसैगरी भूकम्प लगत्तै त्यहाँको प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामी आउनसक्ने चेतावनी दिएको छ ।

About The Author

अन्य समाचारहरु: