Tue. Mar 4th, 2025

म प्रकृतिको सन्तान रहेछु

अस्मिता धरेल –

Asmita Dharel
अनायसै जीवन यात्रा अंगालेकी एक यात्री थाहा छैन यात्राको टुङ्गो कहाँ छ । कहिले पुरा हुन्छ म आफ्नो यात्रा पुर्वानुमान गर्न पनि नसक्ने अनामिक यात्री पो भएँ थाहा छैन के हुन्छ र कहिले म समयको दास रहेछु, समय हामी भन्दा धेरै बलवान रहेछ उसैको पछाडि लागेर मैले आफ्नो जीवन यात्राकै पाइला घुमाउनु पर्ने रहेछ । सम्झन्थे म युवा आमाको सन्तान तर आज म प्रकृतिको सन्तान पो रहेछु । बुवा आमा त हाम्रा कृतिम पथपर्दशक रहेनछन् घरीघरी आइपर्ने असहज वातावरणलाई  सहज तुल्याएर सहयोग गर्ने एक सहयोगी यात्री साथी हेर्छु ।

फर्कन्छु मेरी ममता मयी प्रकृति कति हराभरा छिन् उनलाई मैले कुनै शुल्क तिर्नु नपर्ने खुशी अनि धेरै खुशीको अनुभव गर्छु,  कस्तो अतुलनिय बजार छ मेरी ममता मयी आमाको जस्ले जति र जे लिन सक्छ उसलाई सबै नि शुल्क चिजले पुर्ण गराइदिने मेरी ममतामयी प्रकृति मातालाई र समय चक्रलाई दिन मिल्ने जति आभार पलपलमा दिइरहन्छु । तिमीसँग रहेसम्म धेरै खुसी अनि सुखअनुभुति गर्छु । तर आधुनिक कृमिता तिर फर्कन्छु केही देख्दिन सदा अन्धकार महसुस गर्छु ।

यति धेरै निशुःक उपहार ग्रहण गरेका मान्छेहरु किन पञ्त्रच धिकारमा पर्दछ किन नि स्वार्थ सेवा भाव राख्न सक्दैनन् यति शान्त शितल प्रकृति माताको यस्ता लालयित छोराछोरी देखेर घरीघरी घृणाा उत्पन्न हुन्छ  मलाई लाग्छ आजको कृतिम शिक्षा मपाइत्वको शिक्षा लिनुभन्दा पनि प्रकृतिबाट पाइने नि शुल्क शिक्षाको बोध भयो भने हामी सबैको जीवनयात्राले नयाँ गति पाउँछ । आजको कृतिम दुनियामा औपचारिक शिक्षा हावी बनाएको अवस्थामा अनौपचारिक प्राकृतिक संकारको किरण छर्न सके मात्रै कल्याणकारी जीवनयात्रा गर्न सकिन्छ । भनिन्छ पनि शिक्षा हैन संकार ठुलो हुन्छ ।

हेर्नुस त  शान्त र शितल छ प्रकृति कति सहयोग गरेको छ हाम्रो जीवनयात्रामा कति साथ दिएको छ घाम जुन खोला नदि बोटविरुवा सवै हाम्रा लागि उत्पति भएर हाम्रो यात्रा भरी विना कन्जुस्याइ र विना दिक्दारी साथ दिन्छन् यी सबै हाम्रा लागि ममतामयी  प्रकृतिले दिएका हुन  हामीले आज सम्म फर्केर हेर्न र एक मिनेट पनि प्रकुतिको देनलाई सम्झेर आभार प्रकट गर्न भ्याइरहेका छैनौ खाली आधुनिक कृतिमता तिर दौडेर जीवनयात्रालाई उतार र चुनौति आफै  धकेली रहेका छै हामीलाई थाहा छैन यर्थाथता कस्तो हो मानव चोला मानव हुनुको अर्थ र गर्नु पर्ने कर्तव्य छ ।

त्यसैले साथीहरु हाम्रो जीवन यात्रा गर्ने बाटो धेरै कच्ची छ अनि हामी विवेकशील प्राणीले विचार पनि गर्नुपर्छ यात्रा गर्नु क्रममा सोचेको र नसोचेको पनि काम आइपर्दछ । बिचमा धेरै दोबाटाहरु भेटिन्छन् अनि फेरी काडाँले घोच्छन् ढुङगामा ठेस लाग्छन् आदी आदी आखिर जे जे भएपनि हाम्रो जीवनयात्रा हामीले पुरा गर्नुैपर्छ । दुख सुख प्रकृतिले दिने दिन रात जस्तै अनुभव हुन जुन हामी नचाहाँदा पनि अनुभव गर्न बाध्य छौ बरु हामीले यो सधै परिस्थिति र अनुभवलाई सहज र सरल ढंगबाट स्वीकार गर्न सक्यौ भने हाम्रो यात्रा आनन्दपूर्ण बन्न सक्छ अन्यथा असम्भव पनि हुन सक्छ ।

त्यसैले हाम्रो जीवनयात्रा भरी साथ दिने प्रकृतिलाइ सदा सर्वदा पूकार र पूजा गरौ हाम्रो जीवन यात्रा भरीको साथ कसैले पनि दिन सक्दैन यो यात्रा हामी एकल एक्लै पूरा गर्नुपर्छ । यात्रा गर्ने क्रममा नि स्वार्थी स्वार्थी धेरै साथीहरु भेटिन्छन किनकी यो यात्राको नियति हो । तर पनि प्रकृतिले लेखिदिएको समाचार भने कसैले मेटाउन नसक्नु सक्दैन समयको चक्र अनुसार डेटिङमा त हरेकले जानैपर्छ  । आफ्ना अन्नत चाहानाहरुलाई समय अनुसार घरीघरी शिलबन्दी पनि गर्नुपर्छ तर यात्रालाई र समयलाई  कहिल्यै शिलबन्दी गर्न सकिदैन यात्रा निरन्तर गरिरहनुपर्छ दुखलाई बिर्सेर आनन्द अनुभूति गर्न सक्नुपर्छ प्रकृतिलाई बिर्सनु हुन्न।

आखिर यी सबै अनुभव  गर्ने हाम्रो मन नै हो यो हाम्रै नियन्त्रणमा छ यसलाई हामीले जसरी चाहान्छौ त्यसैगरी जीवनयात्रा गर्न सकिन्छ । अन्तमा सबै दुख बिर्ससनु अति आनन्द हुन्छ । जीवनयात्राको भोगाईको पीडा बिर्सिएर प्रकृतिमा आफै हराउँदाको छुट्टै मज्जा हुन्छ यो मेरो जीवनयात्राको अनुभवको र वर्तमान समयले मलाई पढाएको पाठ र दिएको अविस्मरणीय सन्देश हो म कहिल्यै पनि प्रकृति र समयलाई सहज स्वीकार गरिरहन्छु । जीवनयापनका लागि आर्जिने संघर्षबाट प्राप्त हुने शिक्षा नै संसारको उत्तम शिक्षा हो ।

About The Author