२१ चैत, धादिङ – सिरियाली सैनिकले ऐतिहासिक शहर पालमयरमा सामूहिक चिहान फेला पारेका छन् ।
बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको १० महिने कब्जाबाट गएको हप्ता मुक्त भएको पालमयरमा ४० जनाको सामूहिक चिहान फेला परेको इजिप्टको सरकारी समाचार संस्था सानाले जनाएको छ । शहरको उत्तरपूर्वी क्षेत्रमा फेला परेको चिहानमा पुरुष, महिला र बालबालिकाको शव रहेको तथा चिहान खुला अवस्थामा भेटिएको सरकारी सेनाले जनाएको छ ।
चिहानमा रहेका शवमा केहीको टाउको काटिएको तथा केहीलाई गोली हानी हत्या गरिएको अवस्थामा रहेको सेनाले बताएको छ । मुख्य गरी शहरको दक्षिण भाग एलेप्पोमा सरकारी सेना र बिद्रोही बिचको भिडन्त केन्द्रित रहेको भएपनि चिहान भने उत्तरपूर्वमा फेला परेको हो ।
फेला परेका शव होम्समा रहेको सैनिक अस्पतालमा लगिएको छ । केहीको पहिचान पनि भएको छ । चिहान फेला परेका शवमा केही सैनिक, सरकारी सैनिकलाई सहयोग गर्ने लडाकु र उनीहरुका परिवारका सदस्य रहेको समाचार संस्था एएफपीले जनाएको छ । शव फेला परेका ४० मध्ये २४ जना सर्वसाधारण नागरिक रहेको र त्यसमा तीन बालबालिका रहेका छन् ।
सिरियन सैनिकले रुसी सैनिकको सहयोगमा पालमयरबाट आइएस लडाकुलाई हटाएको थियो । आइएसले गएको वर्षको मेमा पालमायरमा नियन्त्रण कायम गरेको थियो । १० महिनाको अवधिमा आइएसका लडाकुले दुई ८० सर्वसाधारण नागरिकको हत्या गरेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ ।
– एजेन्सीको सहयोगमा