Wed. Mar 19th, 2025

तरुल खाएका ६ कैदी बिरामी, अस्पताल भर्ना

चितवन
२० चैत,  चितवन – चितवनको भरतपुर कारागारमा सिमल तरुल खाएका ६ जना कैदी र थुनुवा बिरामी परेका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको कारागारका जेलर कमल काफ्लेले जानकारी दिए।

बिहीबार मकवानपुरबाट एकजना कैदीका आफन्तले सिमल तरुल ल्याएका थिए। तरुल खाएकामध्ये ६ जना बिरामी भएपछि अस्पताल पठाइएको काफ्लेले जानकारी दिए।

एघार जनाले तरुल खाएकामा पाँचजना सामान्य उपचारपछि फर्किएको भए पनि ६ जनालाई अस्पताल भर्ना गरिएको र अहिले भरतपुर अस्पतालमा उनीहरुको उपचार भइरहेको जनाइएको छ। मकवानपुरका कैदी चन्द्रबहादुर प्रजा चेपाङकी श्रीमतीले सिमल तरुल ल्याएकी थिइन् । चेकजाँच गरेर तरुल कैदी र थुनुवालाई खान दिइएको थियो।

बिहीबार तरुल खाएका उनीहरु शुक्रबारदेखि बिरामी पर्न थालेका थिए। कारागारभित्रैको औषधि दिँदा झन् ज्वरो बढेपछि उनीहरुमध्ये हिजोसाँझ पाँचजनालाई अस्पताल पठाइएको जेलर काफ्लेले  जानकारी दिए। फेरि साँझ तरुल खाएका अर्का पनि बिरामी परेपछि सबै बिरामी हुने आशङ्कामा गएराति ११ जनालाई नै अस्पतालमा उपचारका लागि लगिएको उनको भनाइ छ । रासस

About The Author

अन्य समाचारहरु: